×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : साढे ३३ किलो सुनकाण्डमा समितिको थप ‘एक्सन’, सरकारमा जान राजपाको सर्त

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २९ जेठ– सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । 

Muktinath Bank

सोमबार समितिले न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारेको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।समितिले प्रहरी उच्च अधिकारीसहित ६३ जनालाई दोषी देखाउँदै मोरङ जिल्ला अदालतमा मुद्दा दायर गराइसकेको छ । मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारमा जान राजपाको सर्त
केपी ओली नेतृत्वको सरकारमा सहभागि हुन राजपा नेपालले  टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीको  संसदको सपथ हुनुपर्ने सर्त अघि सारेको छ ।  संघीय समाजवादी फोरम नेपाल  सरकारमा सहभागि भएसँगै सरकारमा जाने कि नजाने भन्ने अलमलमा रहेको राजपाले सो सर्त अघि सारेको हो । 
राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताए । 
संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए । 
उनले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने पनि बताएका छन् । 


Advertisment
Nabil box
Kumari

 डेरीमा कृषिमन्त्रीकाे छापा

Vianet communication
Laxmi Bank

 कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल नेतृत्वको अनुगमन टोलीलले बालाजु औद्योगिक क्षेत्रभित्र दुग्ध उत्पादन कारखानामा छापा मारेको छ।

दुधमा अखाद्य वस्तु वस्तु भेटिएको तथा बजारमा आउने दुध वास्तविक परिणामा भन्दा कम हुने गरेको विवरणहरु सार्वजनिक हुन थालेपछि मन्त्रीको टोलीले छापा हानेको हो।

सोमबार बिहानै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी लिएर खनाल औद्योगिक क्षेत्रमा रहेका डेरीको अनुगमनमा निस्किएका थिए। यस क्रममा आधुनिक डेरी प्रोडक्टमा दूध बनाउन प्रयोग गरिएको पाउडरको म्याद नखुलेको पाइएपछि अनुगमन टोलीले तीन वटा पाउडर गोदाममा सिल गरेको छ।

त्यस्तै टोलीले पुष्प डेरी फर्ममा समेत उत्पादन मापदण्ड अनुकूल नभएको भन्दै सिलबन्दी गरेको छ।

कालोबजारी फन्दामा 
पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । 

निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले पक्राउ गरेको हो । चार पाँच दिनदेखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश राजधानीका लागि नुवाकोटमा सम्भाव्यता अध्ययन
प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले नुवाकोटको  साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ । 

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनका क्रममा समितिका संयोजक दीपक निरौलासहितको सदस्यको टोलीले नुवाकोटको स्थलगत अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया गरी भौतिक संरचना, भौगोलिक बनावटलगायतका तोकिएको मापदण्डको तथ्याङ्क संकलन गरेको हो । 

जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अबस्थाको अध्ययन गरिएको समितिका सभापति निरौलाले जानकारी दिए । 

मेयर आक्रमणकारी जेल चलान
 मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई अभियुक्तलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । 

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा पर्नुभएका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलाश अधिकृत कमल महतले जानकारी दिए । 

कालीकोट रुप्सा–५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप दोरम्बा गाउँपालिका २ मानेडाँडा घर भई सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् । 

आक्रमणपछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले यही जेठ १ गते पक्राउ गरेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वलमान महर्जनले जानकारी दिए । 

चोर पक्राउ
महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ । 

महाशाखाले यही जेठ १३ देखि सोमबारसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए । 
 काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । 


अनौठो रुख
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । 

घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताए । 

करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गरेको छ । 

त्यसको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ । उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ । 

गर्मी बढ्यो 
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । 

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । 

त्यसैगरी धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धान खेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए । पछिल्लो दिनमा तराई अध्याधिक गर्मी बढ्दा जनजीवन प्रभावित बनेको छ । 

प्रसनि थापाको मृत्यु रहस्यमय
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) २६ वर्षीय अनुपराज थापाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविन गर्न माग गरेका छन् । 

प्रहरी पहरा गणबाट काठमाडौँको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियुटीमै आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेपछि परिवारले आत्माहत्या नभई हत्या भएको आशंका गर्दैै छानविनको माग गरेका छन् ।

नाबालकको अपहरणपछि हत्या
अपहरणमा परेका एक नाबालकको शव सोमबार विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । 

रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । 

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए । 

टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताए ।

प्रधानमन्त्री कपको उपाधि एपिएफलाई
विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल भिडन्तमा एपिएफले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यता समूह चरणको खेलमा भने एपिएफ आर्मीसँग पराजित भएको थियो । उपाधिसहित एपिएफले रु २० लाख प्राप्त ग¥यो । 

त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले रु १० लाख पायो । टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धा्रित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल बनायो । आर्मीका लागि भीम सार्कीले ४५ रन बनाए भने सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ तथा राजेश पुलामी मगरले २७ रन जोडे । 

बलिङतर्फ एपिएफका करण केसीले एक्लैले ३ तथा वसन्त रेग्मी र भुवन कार्कीले २÷२ विकेट लिए । दुई सय १० रनको लक्ष्य पछ्याएको एपिएफको जीतमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । शाह र ऐरीले ६३÷६३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १४, पृथु बाँस्कोटाले ३२, रोहितकुमार पौडेलले १५ तथा करण केसीले पनि समान १५ रनको योगदान दिए । 

बलिङतर्फ आर्मीका सोमपालले तीन विकेट लिए भने विक्रम सोबले एक विकेट झारे । एपिएफका अनिल फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आर्मीका सागर पुन घोषित भए । उनले रु एक लाख प्राप्त गरे । यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान एपिएफका प्रदीप घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर आर्मीका सुसन भारी चुनिए । प्रदीप र सुसनले जनही रु ५० हजार हात पारे । 

प्रतियोगिताको इमर्जिङ प्लेअर प्रदेश ४ का हरिबहादुर चौहान चुनिए । उनले पनि रु ५० हजार पाए । 

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन् । 

उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुगेका छन् । 

मंगलबार बिहान उनीहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x