किमसँगकाे एेतिहासिक वार्तापछि ट्रम्पको प्रारम्भिक  प्रतिक्रिया, भने- अत्याधिक सफल भयो

जेठ २९, २०७५

काठमाडौं, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।

भेटपछि ट्रम्पले वार्ता  ‘ अत्याधिक सफल र  उत्कृष्ट सम्बन्ध’  भएको  प्रारम्भिक प्रतिक्रिया दिएका छन् । 


यस्तै  भेटघाटपश्चात् किमले  पनि ट्रम्पसँग भट्दा  खुसी लागेको बताएका छन् ।  उनले प्रतिक्रियाका क्रममा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’ भनेका बीबीसीले उल्लेख गरेको छ । 

सिंगापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटलमा ट्रम्प र किमबीच आज बिहान ५० मिनेटसम्म भेटवार्ता चलेको थियो । 

ट्रम्प र किमबीचको भेटपछि दुबै नेताले आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेको समाचारमा जनाइएको छ । 

यसअघि भेटमा क्रममा ट्रम्प र  किमले आपसमा हात मिलाएका थिए  । दुई  देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो । 

 ट्रम्प र किमको भेट  र दुई देशबीचको  उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ। 
 

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस