×

NMB BANK
NIC ASIA

कस्तो रह्यो ट्रम्प–किम भेटवार्ता ?

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको भेटघाट सिंगापुरमा मंगलवार एकअर्काको हात मिलाएर शुरू भयो । 

ट्रम्पले वार्ता अत्यधिक सफल भएको र किमसँग आफ्नो सम्बन्ध गजबको हुने बताए । 

ट्रम्पको छेउमा बसेका किमले अनुवादकमार्फत भने, ‘यो विन्दुमा आइपुग्न सजिलो थिएन । पुराना अभ्यास र पूर्वाग्रहहरूले हाम्रा आँखा र कानहरू छोपिएका थिए तर हामीले सबै बाधा हटाउन सफल भएका छौं ।’

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो बैठकमा दुवैजना एकअर्का नजिक पुगे र हात मिलाए । अनि उनीहरू नमुस्कुराइकन क्यामरातर्फ फर्किए । हात मिलाएको १२ सेकेन्डसम्म ट्रम्पले किमलाई केही भनिरहेको जस्तो देखिन्थ्यो । 

अनि किमले अंग्रेजीमा भनेको सुनियो, ‘म तपाईंलाई सिंगापुरमा भेट्न पाउँदा खुशी छु ।’ त्यसो भनिरहँदा ट्रम्पले किमको हातमा थपथपाए । 

ऐतिहासिक हातमिलाइ क्यापेला होटलमा अमेरिकी र उत्तर कोरियाली झण्डाहरूको अगाडि सुसम्पन्न भएको थियो । 

अग्लो छत भएको कोलोनेड हुँदै किम र ट्रम्प हिँडिरहँदा किम सहज अनुभव गरिरहेका थिए । उनी मुस्काए र केही भनेजस्तो देखिए । 

कोलोनेडको पुछारमा किमले ट्रम्पलाई अनुवादकमार्फत भने, ‘धेरै मानिसले यसलाई एक स्वैरकल्पना, एक विज्ञानकथाका रूपमा बुझ्नेछन् ।’

त्यसपछि दुईजना होटलको पुस्तकालयमा रहेको कफी टेबलको दुईतिर बसे अनि अनुवादक राखेर एकान्तवार्ता गर्न थाले । उनीहरूका सहयोगी वा सल्लाहकारहरू सँगै थिएनन् । 

उनीहरूबीचको बैठक ४८ मिनेट चल्यो र त्यसपछि बाल्कोनीसम्म हिँडेर पुगे र प्रतीक्षारत प्रेसलाई हात हल्लाए । बैठक कस्तो भयो भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘एकदमै गजब । गजबको सम्बन्ध ।’

यी दुवै नेताका लागि उच्चस्तरीय वार्ता उनीहरूकै जीवनको सबभन्दा महत्त्वपूर्ण बैठक हो । यसले उत्तर कोरियाको आणविक हतियार कार्यक्रमको भविष्य र कोरियाली युद्धको अन्त्य गर्ने शान्ति सम्झौतालाई सम्बोधन गर्ने अपेक्षा छ ।

द गार्डियनबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x