कम्यूनिस्ट एकताले अन्तर्राष्ट्रिय समुदाय खुशी : नेता नेपाल

जेठ २९, २०७५

काठमाडौं, २९ जेठ – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा भएको कम्यूनिस्ट एकताप्रति अन्तर्राष्ट्रिय समुदाय खुशी रहेको बताएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकताले अन्तर्राष्ट्रिय समुदाय उत्साही रहेको उनले बताए । ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज न्यासनल स्कूल (इएनएफएफ) को अध्ययन भ्रमण सकेर स्वदेश फर्किने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले अन्तर्राष्ट्रिय समुदाय खुशी रहेको बताए । ‘नेपालका कम्यूनिस्ट पार्टीको एकताले अन्तर्राष्टिय समुदायलाई समेत सकारात्मक सन्देश दिएको छ,’ उनले भने ।


नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापनाका लागि नेता नेपाल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज न्यासनल स्कूल (इएनएफएफ) को अध्ययन भ्रमणमा गएका थिए । नेता नेपाललाई नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, राष्ट्रिय सभाका सदस्य बलराम बास्कोटा लगायतले स्वागत गरेका थिए । 

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार