×

NMB BANK
NIC ASIA

किम र ट्रम्प भेटवार्ताका चार महत्त्वपूर्ण तथ्य

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ जेठ – एउटा अनौठो क्षणमा ट्रम्प र किम ट्रम्पको कारतिर गए, ढोका खोले, भित्र हेरे र त्यसपछि होटलतिरै फर्किए । होटलमा उनीहरूले उभिएर फोटो खिचाए । 

उनीहरूले अनुवादक मात्र राखेर ४५ मिनेटसम्म कुराकानी गरे । यो एक बृहत्तर प्रक्रियाको पहिलो कदम मात्र हो । 

किम खुशी
किम र ट्रम्पले हात मिलाउँदा ट्रम्पले अनुहारमा हल्का मुस्कान ल्याउन लागेको जस्तो देखिन्थ्यो । किम चाहिँ हात मिलाउँदा मज्जैले हाँसे । त्यसपछि दुईजना वार्ताअघि फोटो खिचाउनतिर लागे । फोटो खिचाउँदा पनि किम मीठो गरी हाँसे । 

किमको हाँसो जायज पनि छ । तीन महिनाअघि उनी एक अलगथलग देशका नेता थिए । तर मंगलवार बिहान उनले संसारको सबभन्दा शक्तिशाली देशका नेतासँग हात मिलाए अनि उनीहरूका पछाडि अमेरिका र उत्तर कोरियाका झण्डाहरू थिए । यो दृश्य भव्य थियो ।

ट्रम्पको संयम
ट्रम्पले आफ्नो ट्रम्पपना दबाएको देखिन्थ्यो । उनी कसैसँग एकान्तवार्ता गर्दा जहिले पनि बढी उत्सुकता देखाउँछन् । उनले पत्रकार, राजनीतिकर्मी वा विश्वनेतासँग कुरा गर्दा यस्तै व्यवहार देखाउँछन् । 

तर किमसँगको भेटमा उनलाई शुरूआती हस्तमिलनका बेलामा र पहिलोचोटि सँगै फोटो खिचाएका बेलामा धेर उत्साहित नहुनू भनी सिकाइएको जस्तो देखिन्थ्यो । तर ट्रम्पले कसको सुन्ने ? किमले पत्रकारहरूलाई पहिलो टिप्पणी सकेपछि ट्रम्पले उनलाई बूढी औंला ठड्याए । 

बैठक सकिएपछि भएको लन्चपछि प्रतिक्रिया दिँदै ट्रम्पले बैठक गजबको भएको अनि आफूहरूबीच उत्कृष्ट सम्बन्ध कायम भएको बताए । 

एकान्तवार्ता देखावटी बढी
ट्रम्प र किमबीचको एकान्तवार्ता काममा भन्दा पनि देखावटीमा बढी केन्द्रित देखिन्थ्यो । त्यसो त ४५ मिनेटसम्म दुई नेताबीच कुराकानी हुनु भनेको लामै समय हो तर अनुवादकहरूमार्फत संवाद गर्नुपर्दा यो वार्ता समय खासै लामो हैन । 

शिखरवार्ताको पूर्वसन्ध्यामा ट्रम्पले यो बैठक भेटघाटमा मात्र सीमित नरहेर नीतिको गहन छलफलमा पुग्ने बताएका थिए । हुन पनि त्यस्तै भएको देखिन्थ्यो । ट्रम्प र किममुनिमा कूटनीतिज्ञहरूले एकखाले सम्झौतामा समझदारी बनाइसकेको देखिन्थ्यो । त्यसलै दुई शीर्ष नेताले त्यसैलाई व्यक्तिगत रूपमा पुष्टि गरेका हुन् । 

दुवैजना वार्ता सफल बनाउन उद्यत
हस्तमिलनका लागि दुई नेताहरू देखा परेको क्षणदेखि लन्चपछि क्यामराका अगाडि देखापरेसम्म दुवै नेताबीचको सम्बन्धमा न्यानोपन देखिन्थ्यो । ट्रम्पले किमसँग हात मिलाउँदा उनको हातको माथिल्लो भाग समाते । एक ठाउाबाट अर्को ठाउँमा जाँदा उनीहरूले कुराकानी गरे । बैठक शुरू हुनुअघि नै ट्रम्पले आफूहरूबीच गजबको छलफल हुने र यसमा भव्य सफलता प्राप्त गर्ने बताएका थिए । 

यो बैठक हुनुअघिदेखि नै ट्रम्पको व्यवहार उत्साहजनक थियो । एकचोटि त बैठक रद्द नै हुन्छ जस्तो देखिएका बेलामा पनि ट्रम्पले यो बैठक हुनैपर्ने भित्रभित्रै बताइरहेका थिए । 

ट्रम्प र किमलाई यो गजबको मञ्च हो भन्ने थाहा छ । दुवैजना राजनीतिक मञ्चमा प्रदर्शन गर्न रमाउँछन् । त्यसैले यसलाई उनीहरू गजबको बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

सीएनएनमा प्रकाशित क्रिस सिलिजाको रिपोर्टको भावानुवाद
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x