ट्रम्प र किमले गरे संयुक्त समझदारीमा हस्ताक्षर

जेठ २९, २०७५

काठमाडौं, २९ जेठ – सिंगापुरको क्यापेला होटलमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले एक संयुक्त समझदारीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि दुवैले संयुक्त समझदारीको प्रति एकअर्कालाई दिएका थिए । 

ट्रम्पले आफूहरूबीचको वार्ता अत्यन्त सफल भएको बताए भने किमले अब एक नयाँ युगको शुरूआत भएको टिप्पणी गरे ।

ट्रम्प र किमले शिखरवार्ताको प्रगतिलाई समेटेको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन् । 

यसपछि शान्ति प्रक्रिया तीव्र गतिमा अघि बढ्ने ट्रम्पले बताए ।

वार्ता सफल पार्न योगदान गर्ने कूटनीतिज्ञहरूलाई ट्रम्पले धन्यवाद दिए ।

आफूहरूले हस्ताक्षर गरेको पत्रले व्यापक र महत्त्वपूर्ण कुराहरू समेटेको पनि उनले बताए । उनले किमसँगको समय बिताउन गौरवान्वित भएको टिप्पणी गरे । 

दुवैले हस्ताक्षर समारोहपछि एकअर्काको ढाडमा हात राखेर न्यानोपनको संकेत दिएका थिए ।

एजेन्सी


ADVERTISEMENT

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस