किम प्रतिभाशाली नेता, आफ्नो देशलाई माया गर्छन् : ट्रम्प

जेठ २९, २०७५

काठमाडौं, २९ जेठ – सिंगापुरमा उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता र संयुक्त समझदारीमा हस्ताक्षरपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किमको प्रशंसा गरेका छन् । 

हस्ताक्षर समारोहपछि अन्तिममा पत्रकारहरूका अगाडि ट्रम्पले किमको प्रशंसा गरे ।

‘किम प्रतिभाशाली नेता हुन् र उनी आफ्नो देशलाई अत्यन्तै माया गर्छन्,’ ट्रम्पले भने, ‘म उनलाई पक्कै पनि ह्वाइट हाउस आउने निम्तो दिन्छु ।’

एजेन्सी


ADVERTISEMENT

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार