×

NMB BANK
NIC ASIA

दिसा गरेको सूचना दिनेलाई २ सय ५० रुपैयाँ पुरस्कार दिने गाउँपालिकाको घोषणा

जेठ २९, २०७५

NTC
Sarbottam
सांकेतिक तस्बिर
Premier Steels
Marvel

वीरगञ्ज, २९ जेठ – छिपहर माई गाउँपालिका वडा नम्बर ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २ सय ५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सो आचारसंहिताको बुँदा नम्बर ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५ सय रुपैयाँ जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट २ सय ५० रुपैयाँ पुरस्कार दिने उल्लेख हो । ‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नम्बर ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहितामा ‘सधैं चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्ने’ जस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने छ भन्दै उक्त गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने, ‘आजको बालबालिका भोलिको कर्णधार भएकाले सरसफाइप्रति सबै सजक हुनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

उक्त गाउँपालिका वडा नम्बर ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९ औं खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप घोषणा गरिएको छ । हालसम्म जिल्लाको ५ वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । महिला चेलिबेटीहरु खुला ठाउँमा दिसापिसाब गर्न जाँदा बलात्कार तथा हिंसाको शिकार हुनुपरेकाले सबैले आ–आफ्नो घरमा चर्पी प्रयोग गरी यस्ता हिंसाबाट बच्न सक्ने छन् भन्दै वडाध्यक्ष असलम आलमले आ–आफ्नो घरमा चर्पी नबनाउनेलाई स्थानीय तहको सुविधाबाट वञ्चित गरिने जानकारी दिए । 

Vianet communication
Laxmi Bank

ग्रामीण क्षेत्रलाई धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गरिँदै आएपनि सडक पेटीका मुख्य स्थानमा सार्वजनिक शौचालय नभएकाले बाटो हिँड्ने बटुवाले सास्ती भोग्दै आइरहेका छन् । चर्पी नै नभएको ठाउँलाई दिसामुक्त क्षेत्र घोषणा गर्नु जायज नभएको भन्दै बाटो हिँड्ने बटुवाले सार्वजनिक शौचालय नबनाएर कागजी भरमा दिसामुक्त क्षेत्र घोषणा गर्नु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयवासीको टिप्पणी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x