लण्डनमा हुर्केकी कुसुम ‘मेरी मामु’मा देखिने

काठमाठौं, २९ जेठ – आसुसेन फिल्मस्को ब्यानरमा बन्न लागेको चौथो चलचित्र ‘मेरी मामु’को मुख्य भूमिकामा कुसुम गुरुङलाई अनुबन्ध गरिएको छ ।

स्रोतका अनुसार चलचित्रका निर्माता सन्तोष सेनले गुरुङलाई चलचित्रको मुख्य भूमिकाका लागि सम्झौता गराइसकेका छन् । यद्यपि, सेनले आधिकारिक जानकारी असार १ गते घोषणा कार्यक्रममै गराउने बताए । लण्डन निवासी कुसुमले पहिलो पटक आसुसेन ब्यानरबाट डेब्यू गर्न लागेकी हुन् । चलचित्रका लागि नै कुसुमले काठमाडौंको ‘ज्ञ’ थिएटरबाट अभिनयमा ३ महिने प्रशिक्षण लिइसकेकी छिन् ।

सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नाटकमा समेत अभिनय गरेकी गुरुङले अब नेपाली चलचित्रमा निरन्तर काम गर्ने सोच अनुसार नेपाल आएको बताउँछिन् । परिवारसँगै लण्डनमा बस्दै आएकी उनले लेखा तथा बित्तीय विषयमा स्नातक गरेकी छिन् । बाल मनोविज्ञानमा बन्ने चलचित्र ‘मेरी मामु’मा निर्माता सन्तोष सेनका ६ वर्षीय छोरा आयुव सेन मुख्य भूमिकामा छन् भने अर्का ६ वर्षीय क्रिजन गौतम विशेष भूमिकामा छन् । 

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार