×

NMB BANK
NIC ASIA

प्रदेश ३ को राजधानीका लागि ठाउँ खोजी : भक्तपुरमा कति छ संभावना ?

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, २९ जेठ– प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ । 

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाको अध्ययन गर्ने क्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो । 

भक्तपुरलाई स्थायी राजधानी निर्धारण गरेमा प्रदेशसभाको बैठक बस्ने स्थानका रुपमा पहिचान गरेको बोडेस्थित कृषि विकास बैंकको तालीम हलमा भएको सुझाव संकलनमा सहभागी जनप्रतिनिधिले भक्तपुरमै स्थायी राजधानी बनाउनुपर्ने तर्क राखेका छन् । 

छलफलमा प्रतिनिधसभा सदस्य महेश बस्नेतले भक्तपुरको मात्रै नभई सिङ्गो ३ नं प्रदेशको हितका लागि भक्तपुर स्थायी राजधानी हुने चर्चा गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भन्ने तर्कबाहेक भक्तपुर प्रदेश राजधानी हुन नहुने कुनै कारण नभएको बताए । 

उहाँले भक्तपुरलाई प्रदेश राजधानी बनाउनेबारेमा प्रदेश सांसदबीच सर्वसम्मत निर्णय हुने विश्वास व्यक्त गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भए पनि भक्तपुर सबै कारणले पछाडि परेको जिल्ला भएको बताए । 

छलफलमा ३ नं प्रदेशका प्रदेशसभा सदस्य शशिजंग थापाले भक्तपुर नै प्रदेश राजधानी हुनुपर्ने १० वटा तर्क राख्दै सानोठिमी स्थित शिक्षा मन्त्रालय मातहतमा रहेका २०० रोपनी जग्गा, प्रशस्त क्वार्टरसहितको भौतिक संरचना रहेको, विशालसभा हल रहेको, सरकारले बनाएको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भएको ठहर गरेको, अरनिको राजमार्गसँग जोडिएको क्षेत्र भएको, भौगोलिक सुगमता भएको, भौतिक संरचना निर्माणका लागि अरबौ रकम सरकारको बचत हुने, केन्द्रीय सरकारसँग तत्कालै पहुँच पुग्ने, स्थायी सरकारी कार्यालयका लागि प्रशस्त जग्गा जमिन भएको तर्क प्रस्तुत गर्दै भक्तपुरको विकल्प नभएको बताए । 

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्ने ३ नं प्रदेशका प्रदेशसभा सदस्य सिर्जना सैजुले भने संसद्भित्रको कुरालाई बाहिर ल्याएर बहस गर्न नहुने तर्क गर्दै भक्तपुर मात्रै नभई काठमाडौँको वरपर नै राख्न नहुने बताइन् । 

छलफलमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेकपाका नेता देबेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेता निशान ढुङ्गेलले सबै दृष्टिकोणबाट भक्तपुर प्रदेश राजधानी उपयुक्त भएको सुझाव राखेका थिए । 

भक्तपुर, काभ्रे र नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब चितवन र मकवानपुरको अध्ययनपश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x