×

NMB BANK
NIC ASIA

टेको लगाएर राखिएको साततले दरबार अवलोकनमा पुगिन् चिनियाँ राजदूत, कहिले बन्ला ?

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट, २९ जेठ – तीन वर्षअघि गएको भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक एवम् धार्मिक सम्पदाको पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले काम शुरु गर्न चासो देखाएको छ । 

Muktinath Bank

विदुर नगरपालिका–२ मा रहेको साततले दरबारसहितको आधा दर्जन सम्पदा निर्माण गर्न प्रतिबद्धता जनाएको चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू हङसहितको उच्च अधिकारीहरुले आज भ्रमण गरी निर्माण शुरु गर्न लागेको जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साढे दुई सय वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा नुवाकोटमाथि विजयी प्राप्त गरेपश्चात् निर्माण गर्न लगाएको दरबार २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि चीन सरकारको सहयोगमा पुनःनिर्माणको सम्झौता भएको थियो । 


Advertisment
Nabil box
Kumari

आप्mनै इञ्जिनियरमार्फत क्षतिको लगत संकलन गरी पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले आगामी भदौभित्र काम शुरु गर्ने जानकारी नेपाली पक्षलाई गराएको साततले दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank

भूकम्पले नेपालमा पु¥याएको क्षतिको पुनःनिर्माणमा सहयोगको प्रतिबद्धताअनुसार चीन सरकारले साततले दरबारसहित त्यस परिसरमा रहेको रंगमहल, गारदघर, लामापाटी, सेतोपाटी, विष्णु र नारायण मन्दिर, तुलजा भवानीको मन्दिर पुनः निर्माण गर्ने जनाएको फुयाँलले बताउनुभयो । उहाँको अनुसार चीन सरकारले यहाँको सम्पदा पुनःनिर्माणका क्रममा निर्माणस्थल नुवाकोट दरबारबसम्म पुग्ने सडक साँघुरो भएको गुनासो गरेको छ भने बत्ती र पानीको व्यवस्थापन नेपाली पक्षले उपलब्ध गराउनुपर्ने माग गरेको छ । 

भूकम्पको कारण नुवाकोटमा रहेको साततले दरबार क्षतिग्रस्त बनाएपछि पुनःनिर्माणको प्रतीक्षाका क्रममा चीन सरकारले निर्माणका लागि नेपालका लागि चिनियाँ राजदूत यू होङ सहितको उच्च अधिकारीहरु, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) का नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेरसहितको टोलीले साततले दरबारको सातौँ तल्लासम्म नै पुगेर अवलोकन गरेका हुन् । 

भूकम्पले क्षति पुगेपछि जोखिम रहेकाले सर्वसाधारणका लागि अवलोकन बन्द गरिएको दरबारको पुनःनिर्माण शुरु गर्न लागेको चिनियाँ राजदूतले जोखिम भवन भए पनि पुनःनिर्माणमा हालको मौलिकपन कायम राख्नुपर्ने भन्दै क्षतिग्रस्त संरचनाको सबै तलाको अवलोकन गर्नुभएको हो । 

भूकम्पले क्षति पुगेको साततले दरबारलाई अहिले टेको लगाएर राखिएको छ भने अन्य संरचना पूर्ण रुपमा क्षतिग्रस्त अवस्थामा रहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x