×

NMB BANK
NIC ASIA

अग्रवाल र शाक्य सुन तस्करीका पार्टनर

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं, ३० जेठ- ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गर्न गठित समितिले राजेन्द्रकुमार शाक्य सञ्चालक रहेको आरके ज्वेलर्सले बैंकबाट खरिद गरेको सुनचाँदी तथा हिराको विवरणमाथि छानबिन थालेको छ ।
दरवारमार्गस्थित आरके डायमन्ड र न्युरोड र विशालबजारमा रहेका आरके ज्वेलर्समा छापा मार्दा ३० करोड रुपैयाँभन्दा बढीका सुनचाँदी, हिरालगायतका गहना तथा नगद १५ लाख भेटिएपछि छानबिन समितिले पछिल्लो १० वर्षयता बैंकबाट किनेको गहनाको विवरणमाथि छानबिन थालेको हो । सोमबार समितिले तीनवटै ज्वेलर्समा छापा मारी करोडौं रुपैयाँ बराबरका नरगहना र १५ लाख भन्दा बढी नगद बरामद गरेको थियो । समितिले बरामद गहना तथा नगद बुधबार मोरङ जिल्ला अदालतमा पेश गर्ने छ ।
अनुसन्धान समितिले शाक्य र नेपालमा सुन तस्करका मुख्य नाइके भनिएका मोहनकुमार(एमके) अग्रवालको कनेक्सनमाथि पनि छानबिन अघि बढाएको छ । तस्करीबाट भित्र्याएको सुन एमके अग्रवालले शाक्य लगायत विभिन्न सुनचाँदी व्यवसायीलाई दिने गरेको अनुसन्धान समितिका एक सदस्यले बताए ।
“तस्करीबाट भित्र्याइएको सुन कारोबार एमके अग्रवाल, राजेन्द्र शाक्यलगायत व्यक्तिले पार्टरशीपमा लगानी गरेको देखिन्छ,” समितिले ती सदस्यले भने, “अब ३३ केजी सुन र सनम शाक्य हत्यामामात्रै यो अनुसन्धान सीमित हुँदैन, अपराधबाट सम्पत्ति आर्जन गर्ने व्यक्तिको कालोधनमाथि पनि छानबिन अघि बढिसकेको छ ।”
आरके ज्वेलर्सका सञ्चालक शाक्यको चलअचल सम्पत्तिमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालिसकेको छ । अाजकाे काराेबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x