×

NMB BANK
NIC ASIA

जानेकाे सीपलाई व्यवहारमा उतार्ने प्रयास, तरकारी फलाउँदै विद्यार्थी

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ, ३० जेठ –आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् । 

Muktinath Bank

किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले बताउनुभयो । “प्रयोगात्मक अभ्यासबाट विद्यार्थीमा सीप विकास गर्नु हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो, “यसबाट व्यावहारिक सिकाइ हासिल हुन्छ ।” विद्यालयले सानो उमेरबाहेकका सबै विद्यार्थीलाई तरकारी खेतीमा लगाउने गरेको छ । 


Advertisment
Nabil box
Kumari

कृषि खेतीको सीप सिक्न पाउँदा विद्यार्थी पनि खुशी छन् । विद्यालयमा आर्जन गरेको ज्ञान, सीपलाई उनीहरुले घरमा प्रयाग गर्न थालेका छन् । 

Vianet communication
Laxmi Bank

विद्यालयले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेको प्रअ खनालले बताउनुभयो । दुईवटा टनेलमा गोलभेँडा, खुर्सानी, तिते करेलालगायतका तरकारी बाली लगाइएको छ । तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्दछन् । 

आवश्यक पर्दा शिक्षकले सहयोग गर्ने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रोशिका गौतमले बताउनुभयो । “किताबमा पढेको कृषिको ज्ञानलाई व्यवहारमा उतार्न पाएका छौँ,” उहाँले भन्नुभयो, “खुशी छौँ, सिकाइ प्रभावकारी बनेको छ ।” पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधोपचारबारे पनि विद्यार्थी जानकार भइसकेका छन् । विद्यार्थी फुर्सदमा पालैपालो तरकारी बारीमा पुग्ने र काम गर्ने गर्छन् । तरकारी बालीलाई चाहिने मल, थाँक्रा, पानी विद्यार्थी आफैँले जोहो गर्ने गरेका छन् । 

किताबमा पढाइ हुने कृषि शिक्षालाई प्रयोगात्मकरुपमै सिकाउन पाउँदा शिक्षक पनि खुशी छन् । विद्यार्थीको सिकाइमा गुणात्मक परिवर्तन आएको शिक्षक एवं लघु कृषि अभ्यास केन्द्रका संयोजक मधुसुदन रेग्मीले बताउनुभयो । “भविष्यमा व्यावसायिक कृषिमा लाग्न विद्यार्थीलाई प्रेरित गरेको छ,” उहाँले भन्नुभयो, “शिक्षण सिकाइ फलदायी बनेको छ ।” तरकारी खेतीले विद्यार्थीलाई श्रमको महत्व र मूल्य चिनाउन पनि सघाउ पु¥याएको छ । 

विद्यालयले कृषि खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छ । अभिभावक र समुदायलाई कृषि शिक्षाको महत्व जगाउने उद्देश्य रहेको विद्यालयले जनाएको छ । ‘पेशा व्यवसाय’ सम्बन्धी सैद्धान्तिक पाठ्यक्रममा आधारित रही व्यावहारिक शिक्षा दिन तरकारी खेती गरिएको प्रअ खनालले बताउनुभयो । थोपा सिँचाइको प्रयोग गरेर गरिएको तरकारी खेती पूर्णरुपमा जैविक (अर्गानिक) रहेको उहाँको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x