जेठ २५, २०७५
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
काठमाडौं, ३० जेठ - फूटबल यस्तो खेल हो, जसमा खेल कौशलसँगै गतिको पनि निकै ठूलो महत्त्व हुन्छ ।
खेलाडीको गति कम भएमा खेलको रौनक पनि कम हुन्छ । सोही कारणले हो, फूटबलमा कम उमेरका खेलाडी बढी चम्किने गरेको ।
३० वर्ष पार गरेपछि खेलाडीको दौडिने क्षमतामा कमी आउन थाल्छ । त्यसैले पनि १८ देखि २५ वर्ष उमेर समूहका खेलाडी बढी प्रभावशाली देखिन्छन् ।
बिहीवारबाट शुरु हुने फिफा विश्वकपमा सहभागी हुन रुस पुगेका ७३६ खेलाडीको औसत उमेर २८ वर्ष छ ।
पाका खेलाडीहरूको बाहुल्यताका कारण प्रतियोगिताको रोमाञ्चकता घट्ने कतिपयको विश्लेषण छ ।
४५ वर्षीय खेलाडी विश्वकपमा ?
रुस विश्कपमा खेलाडीको औसत उमेर बढाउन सबैभन्दा ठूलो भूमिका इजिप्टका गोलकिपर एसाम अल हैदरीको छ ।
यो प्रतियोगिता खेलेर उनले विश्वकप खेल्ने सबैभन्दा पाको खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउँदै छन् ।
हाल यो कीर्तिमान कोलम्बियन गोलकिपर फरिद मोन्द्रागोनको नाममा छ । उनले ४३ वर्षको उमेरमा विश्वकप खेलेका थिए ।
आसन्न विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी अस्ट्रेलियन मिडफिल्डर ड्यानीयल अरजानी हुन् । उनी १९ वर्ष ५ महिनाको भए ।
यस प्रतियोगितामा सहभागिता जनाउने ७ खेलाडी २० वर्षभन्दा कम उमेरका छन् ।
नाइजेरिया सबैभन्दा युवा टीम
रुस विश्वकपमा नाइजेरिया सबैभन्दा जवान टीम हो । उसका खेलाडीहरूको औसत उमेर २५.९ वर्ष छ । सबैभन्दा बढी औसत उमेर पानामा र कोस्टारिकाको छ । यी दुई टोलीका खेलाडीहरूको औसत उमेर २९.६ छ । पानामा पहिलो पटक विश्वकप खेल्न लागेको टीम हो ।
युवा टीममा एन्टोइन ग्रिजम्यानको फ्रान्स र ह्यारी केनको इंग्ल्याण्ड संयुक्त रूपमा दोस्रो स्थानमा छन् । उनीहरुको औसत उमेर २६ वर्ष छ ।
पाका पूर्वच्याम्पियन
उपाधि होडमा हमेसा अघि रहने ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी, पोर्चुगललगायतका टीमको औसत उमेर बढी नै छ । यसमध्ये पनि अर्जेन्टिना २९.३ औसत उमेरका साथ अन्तिमबाट चौंथो स्थानमा छ । साविकको विश्वविजेता जर्मनीको औसत उमेर २७.१ छ ।
मेस्सी र रोनाल्डो दुवै ३० वर्ष पार
वर्तमान विश्व फूटबलका दुई चर्चित नाम लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै ३० वर्ष कटिसके । रोनाल्डो ३३ वर्षका भए भने मेस्सीले ३१ वर्षमा टेक्दैछन् ।
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...