×

NMB BANK
NIC ASIA

काठमाडौं, २९ जेठ – सोडा मिसाइएको दूधको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरूले बताएका छन् ।

Muktinath Bank

पोषणविद् डा. अतुल उपाध्यायले सोडा मिसाइएको दूधको प्रयोगले मुटुको धड्कन र रक्तचापमा असर पर्ने बताए । ‘दूधमा सोडियमको मात्रा पहिला नै हुने भएपनि दूध डेरीले सोडा मिसाउँदा सोडियमको मात्रा बढ्न गई मानव स्वास्थ्यमा असर पर्छ,’ उनले लोकान्तरसँग भने, ‘शरीरमा सोडियमको मात्रा बढी हुँदा मुटुको चालमा गडबढी हुने, रक्तचाप बढ्ने, रिँगटा लाग्ने समस्या हुन्छ । दूधमा सोडा मिसाउनु गलत हो ।’ अखाद्य दूधले पाचन प्रणालीमा समेत नकारात्मक असर पार्ने जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोडा मिसाइएको दूधको प्रयोगले गर्ने असरको विषयमा वैज्ञानिक रुपमा अध्ययन भने नभएको उनले बताए । दूधमा सोडा मिसाउनु अपराध भएको डा. अरुणा उप्रेतीले बताइन् । खाद्यान्नमा मिसावट गर्ने उद्योगमा सरकारले अनुगमन गर्ने गरेपनि गैरकानुनी रुपमा मिसावट गर्ने उद्योगीलाई कारवाही नभएको डा. उप्रेतीले बताइन् । ‘कहिलेकाहीँ अनुगमन भयो, मानव स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु मिसाइएको भनेर सिलबन्दी गरिएको समाचार आउँछ,’ डा. उप्रेतीले भनिन्, ‘तर, खाद्यवस्तुमा अन्य वस्तुको मिश्रण गर्नेलाई कारवाही भएको पाइँदैन । अनुगमनले मात्रै नेपालीको स्वास्थ्य कसरी राम्रो हुन्छ ?’


Advertisment
Nabil box
Kumari

कृषि मन्त्रालयले राजधानीका २५ डेरी उद्योगका ४२ वटा ब्रान्डका दूधका प्याकेट संकलन गरेकोमा ४० वटा प्याकेटमा मानव स्वास्थ्यलाई हानी पुर्याउने गरी अत्यधिक मात्रामा ‘न्यूट्रलाइजर’ सोडा हालिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । उनले लोकान्तरसँग भने, ‘परीक्षणको लागि ल्याइएको दूधका प्याकेटमध्ये ४० वटामा न्यूट्रलाइजर सोडा राखिएको, १६ वटामा फ्याट कम र अन्यमा ‘सोडियम बाइकार्बोनेट’ रसायन मिसावट भएको पाइएको छ ।’

Vianet communication
Laxmi Bank

प्रवक्ता वस्तीले नमूना परीक्षण गरिएको दूधमा मानव स्वास्थ्यलाई असर गर्ने तत्व पाइए उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइने बताए । खाद्य ऐन अन्तर्गत दूधमा अन्य वस्तुको मिश्रण गर्ने उद्योगीलाई ५ देखि १० हजार जरिवार र ६ महिनादेखि १ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । दूधमा अखाद्य वस्तु मिसाइएको गुनासो बढेपछि कृषिमन्त्री चक्रपाणि खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण लगायतका टोलीले बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित डेरी उद्योगमा सोमबार छापा हानेको थियो । मन्त्री खनालको अनुगमन टोलीले राजधानीका विभिन्न डेरी उद्योगमा शिलबन्दी समेत गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x