×

NMB BANK
NIC ASIA

संसदमा विनियोजन विधेयकमाथि छलफल : खर्च कटौतीको प्रस्ताव पेश

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० जेठ - प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल भइरहेको छ ।

Muktinath Bank

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भरतकुमार शाहले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिए पनि कूल बजेटको ३ प्रतिशत पनि नछुट्याइनुले भाषण र वास्तविकताबीच तालमेल नदेखिएको भनी आलोचना गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने–“कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड छुट्याइएको छ, यो कूल बजेटको ३ प्रतिशत हो, यो बजेट देखाउन राखेको हो कि विकास गर्न ?” 


Advertisment
Nabil box
Kumari

सांसद शाहले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव सदन समक्ष प्रस्तुत गरे ।

Vianet communication
Laxmi Bank

सांसद प्रकाश रसाइलीले “विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव सदन समक्ष प्रस्तुत गरे ।

त्यस्तै, पार्वता डिसी (चौधरी) ले “विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई एक रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । 

सो अवसरमा सांसद चौधरीले खानेपानी जनताको अपरिहार्य आवश्यकता भएकाले प्राथमिकताका आधारमा खानेपानीका योजना अघि बढाउनुपर्ने बताइन् ।

सांसद दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७५ अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।

त्यस्तै, सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई एक रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

सांसद सुवालले उपरोक्त मन्त्रालयअन्तर्गत हालसम्म घोषणा भएका तर पूरा हुन नसकेका योजनाका बारेमा ध्यानाकर्षण गराए ।

सांसद अतहर कमाल मुसलमानले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x