विश्वकपको पूर्वसन्ध्यामा स्पेनका प्रशिक्षक लोपेटेगुइ बर्खास्त

Photo : goal.com
जेठ ३०, २०७५

काठमाडौं, ३० जेठ -विश्वकपको पूर्वसन्ध्यामा स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुइ बर्खास्तीमा परेका छन् ।

लोपेटेगुइलाई स्पेनिस जाइन्ट रियल मड्रिडले प्रशिक्षक नियुक्त गरेपछि स्पेनिस फूटबल फेडेरेसनले बुधबार उनलाई बर्खास्त गरेको हो ।


ADVERTISEMENT

'हामीले राष्ट्रिय फूटबल टोलीका प्रशिक्षकलाई बर्खास्त गर्ने निर्णय लियौं, यहाँसम्म ल्याइपुर्‍याउन उनको ठूलो हात छ, त्यसका लागि धन्यवाद दिँदै उज्वल भविष्यको कामना गर्छौं,' फेडेरेसनका अध्यक्ष लुइस रुबियालेसले भने ।

विश्वकपको पूर्वसन्ध्यामा रियलले लेपेटेगुइलाई प्रशिक्षक बनाउनु अमर्यादित भएको रुबियालेसको टिप्पणी छ ।

आफूहरूसँग कुनै परामर्श नगरी रियलसँग सम्झौता गरेकाले बर्खास्त गर्नुपरेको फेडेरेसनले जनाएको छ ।

स्पेनले विश्वकपको पहिलो खेलमा शनिवार पोर्चुगलसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप शुरु हुनुभन्दा एक दिन र आफ्नो खेलभन्दा दुई दिनअघि प्रशिक्षक बर्खास्तीमा परेपछि स्पेनलाई गम्भीर धक्का लागेको छ ।

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार