सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा

काठमाडौं, ३० जेठ - सन् २०२६ को फिफा विश्वकप फूटबल प्रतियोगिता उत्तर अमेरिकामा हुने भएको छ ।

विश्वकप आयोजक चयनका लागि फिफामा बुधबार भएको भोटिङमा उत्तर अमेरिकी मुलुकत्रय अमेरिका, क्यानडा र मेक्सिकोले मोरक्कोलाई पछि पार्दै संयुक्तरूपमा विश्वकप आयोजनाको अख्तियारी पाएका हुन् ।

यी तीन उत्तर अमेरिकी मुलुकले १३४ र अफ्रिकी मुलुक मोरक्कोले ६५ भोट पाए ।

त्यसअघि सन् २०२२ को विश्वकप कतारले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ ।

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस