×

NMB BANK
NIC ASIA

जनस्वास्थ्यमा खेलवाड : स्वास्थ्य संस्थामा जनशक्ति नहुँदा उपकरण खिया लाग्दै

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ३० जेठ – महिनौंसम्म प्रयोगमा नआउँदा कैलालीको ४ वटा प्राथमिक स्वास्थ केन्द्रलाई उपलब्ध गरिएका यन्त्र उपकरण खिया लाग्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लाको उदासीपुर, भजनी, जोशीपुर र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रलाई करोडौं रकम खर्चेर वितरण गरिएको अत्यावश्यक यन्त्र उपकरण प्रयोगविहीन भएर जीर्ण बनेका हुन् । स्वास्थ्य बीमा बोर्डले २०७३ माघमा १ करोड ८४ लाख रुपैयाँ खर्चेर ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न यन्त्र उपकरण वितरण गरेको थियो । तर, प्राथामिक स्वास्थ्य केन्द्रमा प्रयोग गर्ने जनशक्ति नहुँदा प्रयोगविहीन बनेको बोर्डका कैलाली जिल्ला प्रबन्धक नरेश चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘स्वास्थ्य बीमा बोर्डले यन्त्र उपकरण त उपलब्ध गरायो । तर, सम्बन्धित निकायले जनशक्ति र तालिम उपलब्ध गराउन नसक्दा प्रयोगविहीन बनेका छन् । जुन कारण स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सेवा सुविधा ती स्वास्थ्य केन्द्रबाट अझैं उपलब्ध गराउन सकिएको छैन ।’ बोर्डका जिल्ला प्रबन्धक चौधरीका अनुसार ती स्वास्थ्य केन्द्रलाई १÷१ थान एक्स–रे मेसिन, भिडियो एक्स–रे मेसिन, इसीजी, अटो एनालाइजर, डेन्टल बेड, डेन्टल सेट, इएनपी सेट वितरण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

जिल्लाको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रले भने केही जनशक्तिको व्यवस्थापन गरी सञ्चालनको तयारीमा जुटेको जनाइएको छ । ‘अरु स्वास्थ्य केन्द्रमध्ये जोशीपुर स्वास्थ्य केन्द्रले एक्स–रे र डेन्टल सेवा सञ्चालनको लागि कर्मचारी भर्नाको प्रक्रिया शुरू गरेको छ,’ प्रबन्धक चौधरीले भने । उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा डाक्टर नारायण जोशीले आवश्यक जनशक्ति नहँदा बीमा बोर्डले उपलब्ध गराएको उपकरण प्रयोगमा नआएको स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank

उनले वितरण गरिएको उपकरणमध्ये एक्स–रे र डेन्टल सम्बन्धी यन्त्र उपकरणहरू प्रयोगमा नआएको जानकारी दिए । तर, केही उपकरण भने प्रयोगमा आएको डाक्टर जोशी बताउँछन् । भवन अभाव झेलिरहेको उदासीपुर स्वास्थ्य केन्द्रलाई वितरण गरिएका केही उपकरण त्यतिकै फालिँदा कवाडमा परिणत भइरहेका छन् । फालिएका डेन्टल चेयरमा खिया लाग्नुको साथै कवाडमा परिणत भएको स्थानीयहरू बताउँछन् । सरकारले ग्रामीण क्षेत्र लक्षित गरी आफ्नो नीति तथा कार्यक्रम ल्याइएपनि कार्यान्वयनको पाटोमा भने सुधार हुन सकेको छैन । ग्रामिण भेगका जनता सामान्य स्वास्थ्य सेवाको लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहँदै आएको छ ।

यसैबीच, ७ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि ती स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने जनाएको छ । सामाजिक विकास मन्त्री दीर्घ सोडारीले जनशक्ति व्यवस्थापन गरी प्रयोगविहीन उपकरण प्रयोगमा ल्याइने र स्वास्थ्य बीमा कार्यक्रमलाई पनि प्रभावकारी बनाइने आश्वासन दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x