×

NMB BANK
NIC ASIA

मुख्य समाचार : सभामुख र उपसभामुखकाे पदलाई लिएर संसद्मा जुहारी, फुटबलको महाकुम्भ आजबाट

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ– सभामुख र उपसभामुखको पदलाई लिएर प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच जुहारी चलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको भएकाले दुईमध्ये एक जनाले राजीनामा दिनुपर्ने वा नपर्ने प्रश्नमा संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा र तत्कालीन एमालेकी नेतृ शिवमाया तुम्बाहम्फे उपसभामुखमा निर्वाचित भएको र अहिले दुवै पार्टी एकीकृत भई एउटै पार्टी भएकाले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एकले पद छाडेर अर्को दललाई दिनुपर्ने माग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छ ।


Advertisment
Nabil box
Kumari

संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । बुधबारको बैठकमा विशेष समयमा कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले संविधानअनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच भनाभन नै भयो । 

Vianet communication
Laxmi Bank

सांसद खाँडले बोल्दै गर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभई स्वतन्त्र भएको दाबी गरे ।

चार बुँदे निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउन आफू मातहतका कर्मचारीहरूलाई चार बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीहरूलाई सार्वजनिक सेवा प्रवाहकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको जानकारी दिए । 

उनका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन, कामको सिलसिलामा मन्त्रालय बाहिर जाँदा अनिवार्य रुपमा आफ्नो महाशाखा, आन्तरिक व्यवस्थापन शाखामा राखिएको लगबुक भर्न, खाजा खाने समय १ः३० बजेदेखि २ः३० बजेसम्म तोकिएकाले सो अनुसार गर्न र शुक्रबार बाहेक अन्य सबै दिनमा पोशाक लगाएर अनिवार्य आउन निर्देशन दिइएको छ । 

प्रधानमन्त्रीविरुद्धको उजुरी अस्वीकृत 
नेकपाका नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । 

प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको अस्वीकृत भएको हो । 

वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ता गर्न खोजेका थिए ।

८० लाख ठगी गर्ने पक्राउ 
सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ९ जनाबाट ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिनबहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ छन् । प्रहरीकाअनुसार उनीहरूले प्रति व्यक्ति करिब ११ लाख रुपैयाँका दरले ९ जना बढीलाई ठगी गरेका थिए ।

कर्णाली प्रदेशको बजेट २३ अर्बको हुने
आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी  असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट रु नौ अर्ब १३ करोड, राजस्वबाट करिब रु पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट रु छ अर्ब ६१ करोड प्राप्त हुने बताए । 

बाजेको सेकुवामा छापा    
सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । 

समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित  सेकुवा रेष्टुराँमा छापा मारेको हो । 

जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ ।

निर्माता वाग्ले जेल चलान
फिल्म सुटिङ प्रयोजनका लागि छापिएको भनिएको नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्ले जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

यसैबीच जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छाडिएका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पुःन पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनी विरुद्ध अर्को उजुरी परेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

दुग्ध विकास बोर्ड विधेयक पारित
प्रदेश नं ४ को बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सभासमक्ष जेठ २१ गते प्रस्तुत गरेको  उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पछि पारित गरिएको हो ।

यसैबीच, प्रदेश नं ४ को प्रदेशसभामा ‘प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘स्थानीय तहको कानून निर्माण प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरिएको छ ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
कर्णाली प्रदेश सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि भएको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासामाथि जवाफ दिएलगत्तै सरकारको नीति तथा कार्यक्रमलाई बैठकले पारित गरेको हो । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमले  प्राथमिकता प्राप्त क्षेत्र, वर्ग र समृद्धि कुरा समेटिसकेको बताउँदै उनले सोचमा सकरात्मकता ल्याउन अनुरोध गरे ।

२  विधेयक सर्वसम्मतिले पारित 
प्रदेश ५ को प्रदेशसभा बैठकले २ वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले पेस गरेको प्रदेश वित्त व्यवस्थापन विधेयक २०७५ र प्रदेश ५ प्रदेश कर तथा गैरक र राजस्व सम्बन्धी विधेयक २०७५ सर्वसम्मतिले पारित भएको हो ।

२१ औँ विश्वकप आजबाट
विश्व फुटबलको महाकुम्भ बिहीबारबाट रसियाको मस्कोमा शुरु हुँदैछ । यो प्रतियोगितामा ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

यो विश्वकप फुटबलको २१औं संस्करण हो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन् । विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन् ।

विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् । 

यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन् । 

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । विश्वकप रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x