निर्माण व्यवसायी पक्राउप्रति महासंघको आपत्ति

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ–नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरू पक्राउ परेकोप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै निर्माणको काम गरिरहेका निर्माण व्यवसायीलाई कार्यालयबाटै धरपकड गरिएको भन्दै आपत्ति जनाएको हो । 

महासंघका कार्यवहाक अध्यक्ष लक्ष्मणकुमार राना र महासचिव रामशरण देउजाद्वारा बिहीबार संयुक्त रुपमा जारी विज्ञपप्तिमा विधि र प्रक्रियाको खिल्ली उडाउँदै लोकतान्त्रिक मूल्य मान्यता विपरित सरकारले व्यवसायीहरुलाई पक्राउ गरेको आरोप लगाइएको छ । 


भौतिक पूर्वाधार निर्माण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्नुको दोष व्यवसायीमाथि मात्र थोपरिनु जायज नभएको महासंघले जनाएको छ । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार