×

NMB BANK
NIC ASIA

स्थानीय तहका प्रमुखद्वारा सुरक्षा माग, भन्छन्- 'मार्नेसम्मका धम्की आउन थाले'

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी, ३१ जेठ-  पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । 

स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । 

केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

पर्याप्त शान्ति सुरक्षाको अभावमा स्थानीय तहमा प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । 

विगत केही समययता जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्षलाई आपराधिक मानसिकता बोकेका अराजक तत्वले टेलिफोनमार्फत धम्काउने, भय, डर र त्राश देखाउने तथा ज्यान मार्नेसम्मका धम्की आउने गरेकाले स्थानीय तहका प्रमुखले सरकारसमक्ष यस्तो माग गरेका पाल्हिनन्दन गाउँपालिकाका प्रमुख दीपक गुप्ताले बताउनुभयो । 

समग्र जिल्लाको शान्ति सुरक्षाको स्थितिमा प्रश्नचिह्न खडा भएको भन्दै स्थानीय तहका प्रमुखले जिल्ला प्रशासनसहित सरकारलाई पर्याप्त मात्रामा शान्ति सुरक्षा कायम गर्न माग गरिएको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । 

शान्ति सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर भई आपराधिक तथा अराजक तत्वप्रति कडा कारबाही गर्न स्थानीय तहका प्रमुखले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारीसमक्ष अपिलसमेत गरेका छन् । 

पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका प्रमुखले सरकारसँग प्रभावकारी शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x