एसईई - २०७४ को नतिजा लोकान्तरमा

काठमाडौं, ३१ जेठ - माध्यमिक शिक्षा परीक्षा एसईई–२०७४ को नतिजा lokantar.com ले प्रकाशित गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले नतिजा उपलब्ध गराएको केही क्षणमै www.lokantar.com मा हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी असारको पहिलो साता नतिजा प्रकाशित गर्ने तयारी गरेको छ ।

यसपटक नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सामेल छन् ।

नियमितका ८ हजार ७ सय ३४ र एम्जाम्टेड तर्फका २० जना प्राविधिक तर्फका विद्यार्थीले पनि परीक्षा दिएका छन् ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस