उत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ–उनसँग सिंगापुरमा ऐतिहासिक शिखरवार्ता गरेपछि बुधवार वाशिङटन आइपुगेका छन् । एन्ड्रु एयरबेसमा झर्नेबित्तिकै ट्रम्पले शिखरवार्ता सफल भएको भन्दै दुईवटा ट्वीट लेखे ।

दोस्रो ट्वीटमा उनले पूर्वराष्ट्रपति बाराक ओबामामाथि आक्रमण गर्दै जुन उत्तर कोरियालाई सबभन्दा ठूलो र खतरनाक समस्या मानिन्थ्यो अब त्यो नरहेको र सबैजना ढुक्कले सुते हुन्छ लेखे । 

पहिलो ट्वीटमा उनले उत्तर कोरियाबाट अब आणविक आक्रमणको कुनै खतरा नरहेको लेखे । 


ADVERTISEMENT


 

सिंगापुर शिखरवार्तामा भएका सम्झौताको प्रशंसा गर्दै ट्रम्पले दक्षिण कोरियासँग युद्धाभ्यासमा भाग नलिने फैसला लिएर ठीक गरेको बताए । विश्वासका साथ सम्झौता गरुन्जेल यही ठीक हुने उनको भनाइ छ । 

तर ट्रम्प जति नै उत्साहित भएपनि उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका सम्बन्धमा प्रस्ट कुरा नगरेकाले ढुक्कन हुन सकिने स्थिति छैन ।

एजेन्सी
 

 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस