×

NMB BANK
NIC ASIA

संसदमा शुरु भयो शून्य समय, मूल्यवृद्धि नियन्त्रणका लागि बजारमा हस्तक्षेप गर्न माग

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ –प्रतिनिधिसभामा शून्य समयमा सांसदहरूले बोल्नेक्रम बिहीवारबाट शुरु भएको छ । प्रतिनिधिसभा नियमावली पारित भएपछि संसदमा बिहीवार पहिलोपटक शून्य समय शुरु गरिएको हो । 

Muktinath Bank

विशेष समयमा बोल्न नपाउने सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका समस्या राख्नका लागि बोल्न एक मिनेट समय दिइन्छ । ‘एक मिनेट’को शून्य समयमा सांसदहरूले जनचासोका विषय उठाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार शून्य समयमा ७ जना सांसदले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका सांसद अत्तहर कमाल मुसलमानले मुस्लिम समुदायको पर्व इदको अवसरमा सार्वजनक बिदा दिन माग गरे ।
उनले कपिलवस्तुको तौलिहवादेखि बहादुरगञ्जसम्मको बाटो स्तरोन्नतिको माग गरे । 


Advertisment
Nabil box
Kumari

नेकपामा अमनलाल मोदीले बजारमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै सरकारसँग सशक्त रूपमा बजार हस्तक्षेप गर्न माग गरे । 

Vianet communication
Laxmi Bank

कांग्रेसका अमेरशकुमार सिंहले सरकार आम नागरिकको समस्याप्रति गम्भीर नभएको आरोप लगाए । उनले ऊखु किसानका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराए । 

नेकपाकी इन्दुकुमारी शर्माले महोत्तरीमा भएको घटनाबारे संसदमा जानकारी गराउँदै बलात्कारीलाई फाँसीको सजाय दिन माग गरिन् । 

नेपाली कांग्रेसकी उमा रेग्मीले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था कार्यान्वयनको माग गरिन् । नेकपाका खगराज अधिकारीले बजारमा बजारमा कृतिम अभाव र कायम गरिएको भन्दै अनुगमन गर्न माग गरे । 

सिन्डिकेट अन्त्यको घोषणा गरिए पनि यातायातमा सिन्डिकेट कायमै रहेको उनले दाबी गरे । 

नेकपामा गणेशसिंह ठगुन्नाले २०७० सालमा महाकाली नदीले बगाएको जिल्ला अस्पताल दार्चुलाको भवन यथाशीघ्र निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । 

शून्य समयमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । 

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरु भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x