विश्वकपको उद्घाटन खेल कसले जित्छ ? बिरालोले यसरी गर्‍यो भविष्यवाणी [भिडियोसहित]

काठमाडौं, ३१ जेठ -अलिकिस नामको रुसी बिरालोले विश्वकप फूटबल प्रतियोगिताको उद्घाटन खेलको विजेता रुस नै हुने भविष्यवाणी गरेको छ ।

विश्वकप उद्घाटन खेलमा आज बेलुका पौने ९ बजे रुस र साउदी अरेबिया भिड्दैछन् ।

भविष्यवाणीका लागि सो बिरालोको अघि दुईवटा प्लेटमा उसलाई मनपर्ने खानेकुरा राखिएको थियो । एउटा प्लेटसँगै साउदी अरेबिया र अर्को प्लेटसँगै रसियाको झण्डा राखिएको थियो ।

त्यसपछि टेबलमा राखिएको अकिलिसले दुवै तर्फका प्लेट केहीबेर हेर्‍यो । अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेकाे खानेकुरा खायो ।

सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूले भविष्यवाणी परम्परा जारी छ ।

यसपटक विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यही बिरालोलाई चयन गरिएको छ । उसले अघिल्लो वर्ष कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेको थियो । 

अकिलिस मानिससँगको सामीप्यका लागि जानिन्छ । ऊ जन्मँदै बहिरो थियो तर त्यसले झन् उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ । 

अकिलिस बिरालोले रुसमै भएको कन्फेडेरेसन कपमा तीनचौथाइ भविष्यवाणी सही मिलाएको थियो ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस