अमेरिकामा एउटा –याकूनले २५ तल्ले भवन चढेर मच्चायो सनसनी (भिडियो)

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ – अमेरिकाको सेन्ट पलमा –याकून नामक जनावरले २५ तल्ले भवन चढेर इन्टरनेटमा सनसनी मच्चाएको छ । पछि –याकूनलाई सुरक्षित पक्रेर जंगलमा छोडिएको थियो । 

सेन्ट पलमा वन्यजन्तु व्यवस्थापन सेवाका अनुसार, यूबीएस प्लाजा भवनबाट –याकूनलाई पक्रिइएको थियो । ऊ मैलो देखिन्थ्यो तर स्वस्थ थियो । प्राविधिकहरूले एक एलिभेटरको सहायताले –याकूनलाई झारे र उसलाई पिँजडामा राखे । अनि ट्रकमा हालेर अन्तै पु–याए ।

–याकूनको स्थिति राम्रो भएको बताइएको छ । उसले सामान्य रूपमा खानपिन गरिरहेको छ । मंगलवार उसले २५ तल्ले भवन खुरुरु चढेर सनसनी मच्चाएपछि मानिसले उसको सुरक्षामा चिन्ता जनाएका थिए । 

–याकून उत्तर अमेरिकामा पाइने मध्यम आकारको स्तनधारी जनावर हो । उसको शरीरको लम्बाइ ४० देखि ७० सेन्टिमिटरको हुन्छ । यसको तौल ३.५ देखि नौ किलोसम्म हुन्छ । 

टोरन्टोको योर्क विश्वविद्यालयमा –याकूनको व्यवहार विशेषज्ञ सुजेन म्याकडोनल्ड तथा वन्यजन्तु पुनर्वास केन्द्रका कार्यकारी निर्देशक फिल जेनीले –याकून अग्ला रुख र भवनमा चढ्नु असामान्य कुरा नभएको बताएका छन् ।

एजेन्सी 
 


ADVERTISEMENT

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस