×

NMB BANK
NIC ASIA

संसदमा कांग्रेसको चेतावनी- संसद छोडेर जनतामा जान्छौं

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति विवरण देखाएको नाममा सञ्चारमन्त्री गोकुल बास्कोटाले टेलिभिजन कार्यक्रम बन्द गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएको छ ।

Muktinath Bank

सरकार असहिष्णु भएको भन्दै कांग्रेसले संसद छाडेर जनतामा जाने चेतावनी समेत दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभाको बिहीवारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै कांग्रेस नेता मीनेन्द्र रिजालले सार्वजनिक प्रशारण सेवा बनाउन लागिएको नेपाल टेलिभिजनमा मन्त्रीको सम्पत्ति विवरण देखाउँदैमा कार्यक्रम बन्द गर्ने निर्णय आपत्तिपूर्ण भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘अहिलेका बलशाली मन्त्रीको अन्तर्वार्तामा पत्रकारले सम्पत्ति विवरण देखाए भन्दैमा कार्यक्रम बन्द हुन्छ ?’ पूर्व सञ्चारमन्त्री समेत रहेका रिजालले प्रश्न गरे ।

Vianet communication
Laxmi Bank

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सिधा प्रश्न’ बन्द भएपछि मन्त्रीले कार्यक्रम बन्दै गराएको भन्दै आलोचना भइरहेको छ ।

सञ्चार माध्यम राजनीतिक दलको माध्यमबाट प्रभावित नहोस् भनेर नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर बेलायतको बीबीसीजस्तो संसद मातहत रहने सार्वजनिक प्रशारण संस्था बनाउने योजना आफ्नो कार्यकालमा ल्याएको उनले बताए ।

सरकार असहिष्णु बन्यो

कांग्रेस नेता रिजालले सरकार असहिष्णु भएको र हरेक मान्छेलाई तर्साउँदै हिँडेको आरोप पनि लगाए । दुईतिहाइका कारण असहिष्णु भएको सरकाले संविधानको भावनालाई हरेक ठाउँमा कुल्चिँदै गएको आरोप लगाए ।

‘सरकारलाई पनि नियम कानून र संविधानभन्दा बाहिर जाने छुट छैन, यो म गम्भीरताका साथ भन्छु,’ उनले भने, ‘हिजो सदनमा सभामुख र उपसभामुख फरक दलको हुने कुरा गरेका थियौँ, अहिले गलत व्याख्या गर्नुहुँदैन ।’ 

रिजालले संसदमा विपक्षका २० जना सांसदको अगाडि सत्तापक्षका ५५ जना सांसद भएपनि मतदातामा २० जनाको अगाडि २७ जना मात्र सत्तारुढ दलका भएको उनले बताए ।

सदनमा प्रतिपक्षले ठाउँ पाएन भने जनतामा जानुपर्ने अवस्था आउने भन्दै उनले सत्तालाई दुईतिहाइको दम्भ देखाउने काम नगर्न चुनौती दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x