चन्द्रमाको धूलोका विषयमा नासाविरुद्ध मुद्दा हालिन् यी महिलाले

काठमाडौं, ३१ जेठ – एक महिलाले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाविरुद्ध मुद्दा हालेकी छन् । त्यसका पछाडि चाखलाग्दो कारण छ । 

खासमा ती महिला १० वर्षकी हुँदा चन्द्रमामा पहिलो कदम राख्ने नील आर्मस्ट्रङले उनलाई उपहारमा आफ्नो हस्तलिखित चिट्ठीका साथै सानो बोतलमा चन्द्रमाको धूलो दिएका थिए । 

यो कुरा थाहा पाएपछि नासाले महिलासँग उक्त बोतल मागेको थियो । महिलाले चाहिँ बोतलमा आफ्नो हक लाग्ने भन्दै मुद्दा दर्ता गरेकी छन् । 

अमेरिकाको सिनसिनातीमा बस्ने उक्त महिलाको नम लउरा सिको बताइएको छ । सन् १९७० मा उनी जम्मा १० वर्षकी हुँदा आर्मस्ट्रङबाट उपहार पाएकी थिइन् । 

सिकोका पिता अमेरिकी सेनामा थिए र नील उनका साथी थिए । वर्षौंपछि उनले मातापिताको सामान खोज्दा बोतल भेटेकी थिइन् । नासाले उक्त बोतल नलगोस् भन्ने उनको इच्छा छ ।

त्यसो त नासाले औपचारिक रूपमा बोतल लिने कोशिश गरेको छैन र कुनै बयान पनि जारी गरेको छैन । तर चन्द्रमाका कुराहरूमा आफ्नो अधिकार हुने नासाले यसअघि पनि जताउने गरेको छ ।

महिलासँग भएको धूलोको बोतलको दुईचोटि परीक्षण भइसकेको छ । वैज्ञानिकहरूले यो चन्द्रमाकै धूलो भएको पुष्टि गरेका छन् । 

एजेन्सी
 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस