भीर मौरीको गुलियो मह संकलनको कष्टपूर्ण कथा

नेपालमा पहिलेदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् ।  यस्तै एउटा परम्परा हिमालको काखमा रहेको लमजुङ जिल्लाको ताञ्जे गाउँमा प्रचलित छ जसलाई “हाइ क्लिफ हनी हन्टिंग” अर्थात् “भिर मौरीको मह शिकार” भन्ने गरिन्छ । ताञ्जे गाउँको यो परम्परा झण्डै २०० वर्ष अघिदेखि नै प्रचलनमा छ ।

वरिपरी घनघोर जङ्गल रहेको यस तान्जे गाउँ पुग्दा घले र गुरुङ समुदायका मानिसहरू भेट्यौँ । उनीहरू वर्षमा दुइपटक नजिकैका भिरहरूमा मह काढ्न जाने गर्दा रहेछन् । “मैले यो काम गर्न थालेको ४५ वर्ष पुगिसक्यो” एक शिकारी कृष्ण बहादुर तामाङले भन्नुभयो । 

यो मह काढ्ने प्रक्रिया निकै कलात्मक पनि देखिन्छ । यसमा केही सिकारीहरू मौरी भगाउन भिरको फेदबाट आगो बाल्न थाल्छन् जसले गर्दा धुवाँको मुस्लोमाथि मौरी को घारसम्म पुग्छ । अरू केही सिकारी भिरको माथि पट्टि डोरी र सिँढी कस्न थाल्छन्, त्यसपछि एकजना सिकारी माथिबाट त्यो डोरी र सिँढी प्रयोग गरेर मौरीको घार भएको ठाउँमा पुग्छन्  र मह काढ्न थाल्छन् । यो काम गर्न लगभग १६ जना सिकारी र पूरै १० घण्टा समय लाग्ने गर्छ ।

यस भमणमा सिकारीहरूलाई प्रोत्साहन गर्न भोज डील्स कम्पनीले खानेकुराको प्याकेजहरू उपलव्ध गराएको थियो ।  ती प्याकेजहरू पाएपछि उनीहरु निकै खुसी र उत्साही भएका थिए ।

भोज डील्स काठमाडौँमा यस्तै प्याकेजहरू घरघरमा र्पुयाउने एउटा कम्पनी हो ।

(फोर एएम प्रोडक्सनको सहयोगमा नेपाल एट वन्डरले तयार परेकोयो डकुमेन्ट्री सुजन निरौलाले लेखेका हुन् ।)

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार