हतियार देखाएर तर्साउँदै हिंड्ने २ जना राजधानीबाट पक्राउ

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ - महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस