धनुषामा नेपाली सेनाको फायरीङ्ग अभ्यास

जेठ ३१, २०७५

काठमडौं–प्रधान सेनापति राजेन्द्र क्षत्रीले बिहीवार धनुषा जिल्लाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरीङ्ग अभ्यासको निरीक्षण गरेका छन् । 

निरीक्षणकै क्रममा उनले अभ्यास इलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 


फायरिङ्ग अभ्यासमा सहभागी फौजहरुले गरेको प्रदर्शनको अवलोकन पश्चात उनले सहभागी फौजलाई सम्बोधन समेत गरेका थिए । सम्बोधनको क्रममा क्षत्रीले यस प्रकारको अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिबृद्धि हुन जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बलाध्यक्ष श्री हेमन्त राज कुंवर, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देव कुमार सुवेदी, युद्धकार्य महानिर्देशक उपरथी शरद कुमार गिरी, मध्यपूर्वी पृतनापति उपरथी ईश्वर हमाल लगायत अधिकृतहरुको उपस्थिति रहेको थियो । प्रधानसेनापति क्षत्री उक्त एयर डिफेन्स फिल्ड फायरिङ्गको निरीक्षण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता भएको पनि सेनाले जनाएको छ ।
 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार