×

NMB BANK
NIC ASIA

रामदेवले यसै वर्षको अन्त्यसम्ममा जीन्सका कपडा ल्याउने

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ – भारतका स्वामी रामदेवको पतञ्जलि आयुर्वेद कम्पनीले अब कपडाको बजारमा पनि हात हाल्ने भएको छ । 

कम्पनीले सन् २०१८ को अन्त्यसम्ममा लत्ताकपडाको नयाँ ब्रान्ड परिधान शुरू गर्ने भएको छ । पतञ्जलिका व्यवस्थापकीय निर्देशक तथा सहसंस्थापक आचार्य बालकृष्णले एक टीभी अन्तर्वार्तामा यो कुरा बताएका हुन् । कपडाहरू पतञ्जलिकै कारखानामा तेस्रो पक्षले बनाउने उनले बताए ।

बालकृष्णले नोइडामा कम्पनीको कपडा व्यवसाय सम्हाल्ने एक टोली गठन गरिएको जानकारी दिए । पतञ्जलिले महानगरहरू र साना शहरहरूमा १०० वटा स्टोर खोल्ने पनि उनले बताए । 

पतञ्जलिका संस्थापक बाबा रामदेवले लत्ताकपडामा तीन हजारवटा उत्पादन बजार ल्याउने योजना रहेको जानकारी दिएका थिए । त्यसमा बच्चाहरूको कपडा, योगवस्त्र, खेलाडीले लगाउने लुगा, टोपी, जुत्ता, तौलिया, तन्ना र अन्य खिच्रिकमिच्रिक पनि पर्ने उनको भनाइ छ । 

तर जनताको सबभन्दा धेर चासो रहेको विषय चाहिँ स्वदेशी जीन्स हो र कम्पनीले जीन्सलाई भारतीय परिस्थितिअनुसार ढालिएको बताए । 

‘जीन्स पश्चिमी अवधारणा हो र पश्चिमी अवधारणालाई हामीले दुई तरिकाले लिन सक्छौं । कि त्यसलाई बहिष्कार गर्ने कि त्यसलाई आफ्नो परम्पराअनुसार ढाल्ने । जीन्स अहिले भारतीय समाजमा अत्यन्तै लोकप्रिय छ । स्वदेशी
जीन्सलाई शैली, बनोट तथा कपडामा भारतीय बनाइनेछ,’ उनले दुई वर्षअघि भनेका थिए ।

‘हामीले महिलाका लागि बनाएका जीन्स खुकुलो हुनेछन् र ती भारतीय सांस्कृतिक परम्पराअनुकूल हुनेछन् र आरामदायी पनि हुनेछन् । भारतीय परिवारहरूका लागि स्वदेशी जीन्स आरामदेही हुनेछन्,’ उनले भने ।

पतञ्जलिले लेभिस र –यांगलर जस्ता जीन्स ब्रान्डसँग प्रतिस्पर्धा गर्दैछ र युवाहरूको मन जित्ने कोशिश गर्दैछ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x