नेकपाले गर्यो ट्रम्प-किम शिखरवार्ताको स्वागत, विश्वमा शान्ति छाउने विश्वास

जेठ ३१, २०७५

काठमाडौँ, ३१ जेठ - नवगठित पार्टी नेकपाले सिंगापुरमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका अध्यक्ष किम जोङ उनबीच सम्पन्न भएको शिखरवार्ताको स्वागत गरेको छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले विहिबार एक विज्ञप्ती प्रकाशित गर्दै  अमेरीका र उत्तर कोरियाका बीचमा शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरेका छन् ।


विज्ञप्तीमा अगाडि भनिएको छ, ‘मुलुकहरूका बीचमा देखा पर्ने कुनै पनि समस्याको समाधान आपसी संवादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस शिखरवार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ ।’

दुई कोरियाबीच गत अप्रिल २७, २०१८ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिने र आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा नेकपाले जारी गरेको विज्ञप्तीमार्फत गरेको छ ।  

 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार