दुर्घटनामा वडा सदस्यसहित २ जनाको मृत्यु

बागलुङ, ३१ जेठ – ताराखोला गाउँपालिका–२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित २ जनाको मृत्यु भएको छ । 

घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग१ज ६०३४ नम्बरको जीप दुर्घटना हुँदा ताराखोला–३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा वडा नम्बर ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए । जीप कच्ची सडकबाट ४ सय मिटर तल खसेको थियो । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस