विश्वकप फुटबलका गतिविधि हाम्रो पात्रोमा

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ – विश्वकप फुटबलका गतिविधिबारे जानकारी दिन हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ ।

हाम्रो पात्रो प्रयोगकर्ताका लागि App Store मा नयाँ एप Football World 2018  सार्वजनिक गरिएको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले बताए । उनका अनुसार एपमा हुने प्रत्येक गतिविधिका अपडेट हाम्रो पात्रोमा समेत प्राप्त गर्न सकिने छ । ‘फुटबल प्रेमीले खेलका दौरान तथा आगामी खेलबारे खोज्ने मुख्य सामाग्रीहरू खेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाइन्डरहरूको सजिलो प्रयोग नै एपको विशेषता हो,’ निर्देशक देवकोटाले भने ।

आफूलाई मनपर्ने देशलाई फेब्रेट गर्न मिल्ने सुविधा समेत एपले राखेको छ । जसका लागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्ने उनले बताए । उनका अनुसार विश्वकप फुटबललाई नेपाली प्रयोगकर्तासम्म जोड्ने प्रयास हाम्रो पात्रोले सन् २०१४ बाट शुरू गरेको थियो । 

‘जसलाई विश्वसनिय रूपमा हाम्रा लाखौं प्रयोगकर्ताले रूचाइदिनुभएको थियो,’ उनले भने, ‘नयाँ एप्लिकेसनले प्रयोगकर्ताको त्यो उत्साहमा अझ उर्जा भर्नेछ ।’ हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नाराका साथ राष्ट्रिय, अन्तर्राष्ट्रिय हरेक ठूला, साना गतिविधिलाई समयसापेक्ष पस्किँदै आएको छ ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस