भव्य उद्घाटन समारोहका बीच सुरु भयो विश्वकप (फोटोफिचर)

काठमाडौं, ३१ जेठ–   फिफा विश्वकप २०१८ सुरु  भएको छ । एक भव्य उद्घाटन समारोहकाबीच विश्वकप सुरु भएको हो । 
रसियाको मस्कोस्थित लुजिन्की रंगशालामा  तामझामका साथ उद्घाटन  समारोह आयोजना गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्घाटनसत्रमा अंग्रेजी पपस्टार रोबी विलियम र रसियन सोलो गायिका एइडा गरिफ्यूलिनाको विशेष प्रस्तुति रहेको थियो ।  यस्तै विभिन्न सांस्कृति झाँकीहरु पनि प्रदर्शन गरिएको थियो । 
 उद्घाटन समारोहपछि आयोजक  रसिया र साउदी अरेबीयाबीच उद्घाटन खेल भएकाे थियाे, जसमा अायाेजक रसिया ५-०ले  विजयी भयाे । 

 

 


 फिफा वरियतामा निकै कमजोर रहेको नेपाल  पनि विश्वकपमय बनेको छ ।

  

 


 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस