विश्वकपः  रसियाले फेरि हान्यो गोल, साउदी अरेबिया २–० ले पछाडि

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ– विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा रसियाले साउदी अरेबियाविरुद्ध २ गोल गरेको छ।  पहिलो हाफको खेल   चल्दै गर्दा रसियाले १२ औं मिनेट र ४३ औं मिनेटमा गोल गरेको हो । 
मस्कोस्थित लुजिन्की रंगशालामा   भएको खेलमा खेलको १२ औं मिनेटमा रसियाका युरी गान्जिनस्काईले सुरुवाती गोल गरे । 
यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे । उद्घाटन खेलमा साउदी निकै दवावमा देखिएको छ ।
 


ADVERTISEMENT

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस