साउदीले फेरि खायो गोल, तेस्रो गोल अर्तेम जुबाले हाने

जेठ ३१, २०७५

काठमाडौं– विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ३ गोल हानेको छ । पहिलो हाफमा  २ गोल गरेको रसियाले दोस्रो मा अर्को गोल थपेको छ ।    रसियाले १२ औं मिनेट,  ४३ औं मिनेट र ७१ औं मिनेटमा गोल गरेको हो । 
मस्कोस्थित लुजिन्की रंगशालामा   भएको खेलमा खेलको १२ औं मिनेटमा रसियाका युरी गान्जिनस्काईले सुरुवाती गोल गरे । 
यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे । यस्तै ७१ औं मिनेटमा  अर्तेम जुबाले हाने । 
उद्घाटन खेलमा साउदी निकै दवावमा देखिएको छ ।
 


जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार