बिरालोको भविष्यवाणि मिल्यो ! रसियाले जित्यो

जेठ ३१, २०७५

 काठमाडौं, ३१ जेठ –अलिकिस नामको रुसी बिरालोले विश्वकप फूटबल प्रतियोगिताको उद्घाटन खेल रसियाले नै जित्ने भनि गरेको भविष्णवाणि सही सावित भएको छ ।    बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गरेको छ । 

भविष्यवाणीका लागि सो बिरालोको अघि दुईवटा प्लेटमा उसलाई मनपर्ने खानेकुरा राखिएको थियो । एउटा प्लेटसँगै साउदी अरेबिया र अर्को प्लेटसँगै रसियाको झण्डा राखिएको थियो ।


ADVERTISEMENT

त्यसपछि टेबलमा राखिएको अकिलिसले दुवै तर्फका प्लेट केहीबेर हेर्‍यो । अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खायो ।

सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूले भविष्यवाणी परम्परा जारी छ ।

यसपटक विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यही बिरालोलाई चयन गरिएको छ । उसले अघिल्लो वर्ष कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेको थियो । 

अकिलिस मानिससँगको सामीप्यका लागि जानिन्छ । ऊ जन्मँदै बहिरो थियो तर त्यसले झन् उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ । 

अकिलिस बिरालोले रुसमै भएको कन्फेडेरेसन कपमा तीनचौथाइ भविष्यवाणी सही मिलाएको थियो ।

उद्घाटन खेलमा रसियाले गर्यो गोलको वर्षा, साउदी ५–० ले पराजित
जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस