×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरको ‘दुबै हातमा लड्डु’ : एकातिर विज्ञापन कर, अर्काेतिर झिलिमिली !

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, १ असार – उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा बुटवल शहरका सडक पेटी र चोक झिलिमिली बन्दै छन् । वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन शुरू गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

निजी क्षेत्रको सहकार्यमा यो काम भइरहेको उपमहानगरले जनाएको छ । पहिलो चरणमा मुख्य सडक र सार्वजनिक स्थलमा सौर्य ऊर्जाबत्ती जडान गरिएको उपमहानगरपालिका निमित्त प्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक–साझेदारी नीति अन्तर्गत एपेक्स नेपालको सहकार्यमा वैकल्पिक सौर्य ऊर्जाका सडक बत्ती जडान गरेर बुटवलका सडकलाई झिलीमिली बनाउने काम शुरू भएको छ । एपेक्स नेपालले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकनाशका आकर्षक बत्ती सडकको डिभाइडरमा राखिएको छ । अर्को चरणमा सार्वजनिक चोक र व्यस्त बजार क्षेत्रमा पनि जडान गरिने छ । हालसम्म १ सय बत्ती जडान भइसकेका छन् भने गोलपार्कदेखि पुष्पलाल पार्कसम्म ५० बत्ती जडान गर्न बाँकी छ । सो स्थानमा चलिरहेको सडक विस्तार पश्चात् मात्र सडक बत्ती जडान हुने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार व्यस्त बजार क्षेत्र र सार्वजनिक चोकमा पनि त्यसपछि बत्ती जडान गरिने छ ।


Advertisment
Nabil box
Kumari

सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्ड राखेको छ । अब सडक पेटी र किनारमा आफूखुशी र जथाभावी विज्ञापनका होर्डिङ राख्न नपाइने भएको छ । एउटै साइज र डिजाइनका डिजिटल बोर्डमा सन्देशमूलक सामग्री पनि राखिने भएको छ । व्यावसायिक विज्ञापनका सामग्री राखेवापत बुटवल उपमहानगरपालिकालाई एपेक्स प्रालिले वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर पनि बुझाउने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उपमहानगर र एपेक्स प्रालिबीच हालै १५ वर्षका लागि सम्झौता भएको र त्यसअनुरुप बुटवलका अरु सम्बन्धित पक्षबीच पनि संयुक्त छलफल भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए । सम्झौताअनुरुप एपेक्सले बुटवलका विभिन्न ६ स्थानमा ट्राफिक आइल्याण्ड, ३० वटा यात्रु प्रतिक्षालय, ५० स्थानमा डस्टबिन र आवश्यकता अनुसार विभिन्न स्थानमा सिसी क्यामेरा समेत जडान गर्ने तयारी भइसकेको छ ।

उपमहानगर, ईलाका प्रहरी कार्यालय र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले तोकेको स्थानमा आवश्यकता अनुसार सीसी क्यामरा जडान गर्ने गरी काम अगाडि बढेको उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।

विभिन्न ६ स्थानका आकाशे पुलमा पनि एपेक्सले डिजिटल विज्ञापन बोर्ड राख्ने सहमति भएको छ । सम्झौताअनुरुप १५ वर्ष पश्चात् सबै सम्पत्ति बुटवल उपमहानगरपालिकाको स्वामित्वमा आउने छन् । मर्मतसम्भारका काम समेत उहीँ कम्पनीले नै गर्नेछ । मुख्य शहरमा जथाभावी र भद्दा सामग्री राखेर शोभा नै बिग्रिइरहेका बेला एपेक्स प्रालिले एकनाशका सामग्री राख्ने गरी यस्तो अभियान शुरू गरेको छ । शहरको शौन्दर्यता पनि बढाउने र सुरक्षा व्यवस्थामा समेत सहयोग गर्ने गरी आफूहरूले सहयोग गरेको संस्थाका सञ्चालक कृष्णप्रसाद आचार्यले बताए ।

विज्ञापन होडिङ बोर्डका कारण कुरुप बनेको बुटवल उपमहानगरपालिकामा निजी साझेदारीमा सञ्चालित यो कार्यक्रमले बुटवललाई उज्यालो मात्र होइन, सुन्दर र सुरक्षित पनि बनाउने नागरिक अगुवाको भनाइ छ । उपमहानगरभित्र रहेका अव्यवस्थित पार्किङ र सडक पेटी अतिक्रमणलाई पनि हटाएर सुन्दर बनाउन जरुरी रहेको नागरिक अगुवा नर्बू लामाले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x