कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नुवाकोट, १ असार- यहाँको सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ ।
वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीयतहको रुपमा खुला दिसामुक्त क्षेत्र र चौथो पूर्णखोपयुक्त भएको घोषणा गर्नुभएको हो ।
साविकका चार गाविस लच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान समावेश गरी बनेको सूर्यगढी गाउँपालिकाभित्रका चार हजार ४२ घरधुरीमध्ये ९९ प्रतिशतले पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा सरसफाइको एक हिस्साका रुपमा रहेको खुला दिसामुक्त क्षेत्र घोषणा भएको पूर्व अर्थमन्त्री महतले घोषणा गर्नुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य महतले सरसफाइ र स्वास्थ्यप्रति जागरुक हुँदै भूकम्पले क्षति पुगेका आवास पुनःनिर्माण हुन अझै बाँकी रहँदा पक्की शौचालय निर्माण गरी सभ्य समाजका रुपमा देखिएको चेतनाले आर्थिक समृद्धि तथा विकासको गतिमा अघि बढ्न प्रेरणा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्र्र्यक्रममा गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गाउँपालिकामार्फत प्रवाह हुने सेवामा स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने बताउनुभयो ।
यहाँका बाह्र स्थानीय तहमध्ये अब ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका मात्र खुला दिसामुक्त क्षेत्र हुन बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।
यस्तै, गाउँपालिकाभित्र खोपको पहुँचमा आउनुपर्ने १६ देखि २३ महिनासम्मका २०६ जना बालबालिका सबैले तोकिएको ११ प्रकारका खोप लिएकाले जिल्लाको चौथो स्थानीयतहको रुपमा सूर्यगढीलाई पूर्ण खोपयुक्त भएको घोषणा पनि गरिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोपयुक्त घोषणा गर्न अझै आठ स्थानीयतह बाँकी रहेका छन् ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...