×

NMB BANK
NIC ASIA

सुर्खेत, १ असार – कर्णाली प्रदेश सरकारले कर्णालीलाई समृद्ध बनाउन ‘कर्णाली लगानी सम्मेलन’ गर्ने भएको छ ।

Muktinath Bank

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट पेश गर्दै आफ्नो स्रोतसाधनले पूरा गर्न नसकिने प्रशस्त आकर्षक आयोजना रहेको बताउँदै नेपाल सरकारको समन्वयमा लगानीकर्ताको सहभागितामा कर्णाली लगानी सम्मेलन गरिने बताए । ‘यसका साथै प्रदेशमा जन्मी–हुर्की हाल देशका विभिन्न स्थानमा रहनुभएका उद्यमी, व्यापारी, व्यवसायी, पेशाकर्मी, राष्ट्रसेवकहरू, विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरू तथा विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकलाई प्रदेशका विभिन्न आयोजनामा लगानी गर्न अपिल गर्दै लगानीकर्तालाई प्रोत्साहन गरिने छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले नेपाल सरकार र दाता वा निजी क्षेत्रसँग सहकार्यमा बृहत् आयोजनालाई शीघ्रताका साथ सम्पन्न गर्न समन्वय तथा साझेदारी गरिने उनले बताए ।


Advertisment
Nabil box
Kumari

यी हुन् प्रदेश सरकारले लगानीकर्ता खोजेका आयोजनाहरू :

Vianet communication
Laxmi Bank

– भेरी बबई डाइभर्सन, नलसिं गाड, फूकोट कर्णाली, बेतन कर्णाली जलविद्युत आयोजनाहरू,
– जमुनाहा हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रूतमार्ग (फास्ट ट्रयाक),
– हुम्ला र डोल्पा जिल्ला सदरमुकाम जोड्ने रणनीतिक राजमार्गहरू,
– कर्णाली राजमार्ग २ लेन स्तरोन्नति,
– भेरी करिडोर छिन्चु डोल्पा धो मोरिम्ला सडक निर्माण तथा स्तरोन्नति,
– नाग्मा रारा नाक्चे लाग्ना पर्यटकीय मार्ग स्तरोन्नति, 
– दक्षिण सिमाना बर्दियादेखि नाक्चे लाग्नासम्म सडक स्तरोन्नति,
– सुर्खेत बर्दिया सुरुङ मार्ग निर्माण,
– मुसीकोट जमुनाहा नाका सडक,
– सुर्खेत उपत्यका बृहत चक्रपथ, 
– सुर्खेत दैलेख सडक स्तरोन्नति,
– चौरजहारी जाजरकोट जुम्ला कामी बुढा शहीद मार्ग,
– राप्ती लोक मार्ग स्तरोन्नति,
– कर्णाली, भेरी, बबई लिफ्ट सिंचाई,
– जडीबुटी प्रशोधन केन्द्र,
– औषधि उद्योग स्थापना,
– सिमेन्ट उद्योग स्थापना र सञ्चालन, 
– खनिज उद्योग स्थापना,
– प्रादेशिक रंगशाला निर्माण,
– कर्णाली पर्यटन सर्किट निर्माण,
– अर्गानिक कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम,
– प्रादेशिक कृषि प्रतिष्ठान स्थापना,
– कर्णाली आयुर्वेद विश्वविद्यालय स्थापना,
– सुर्खेत मेडिकल कलेज स्थापना,
– एयर एम्बुलेन्स सेवा सञ्चालन,
– कर्णाली विश्वविद्यालय पूर्वाधार निर्माण,
– एकीकृत बस्ती विकास तथा नमुना गाउँ सहर कार्यक्रम, 
– प्रादेशिक पेट्रोलियम भण्डारण केन्द्र निर्माण,
– विशेष आर्थिक क्षेत्र स्थापना,
– दैलेखको ग्याँस र पेट्रोलियम पदार्थ अन्वेषण, उत्खनन् ।

मन्त्री ज्वालाले आयोजनाको प्रकृति अनुसार नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान, समपूरक अनुदान, आन्तरिक ऋण एवं नेपाल सरकारको समन्वयमा विकास साझेदारको सहयोग समेतबाट विभिन्न आयोजनाहरूको पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन र उपयुक्तताका आधारमा प्राथमिकीकरण गरी क्रमिक रुपमा कार्यान्वयन गर्न २० अर्ब रुपैयाँ परिचालन गरिने जानकारी दिए ।

आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम

कर्णाली प्रदेश सरकारले मनमोहन अधिकारीको पालामा ल्याइएको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैं बनाऔं’ लागू गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा पेश गरेको बजेटमा त्यसका लागि ६० करोड रुपैंया बजेट विनियोजन गरिएको छ । 

‘समृद्धिका लागि सहकार्य’ भन्ने नाराका साथ जनताको सहभागिता र स्वामित्वमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको साझेदारीमा विभिन्न पूर्वाधार विकासका कार्यक्रमहरू सञ्चालन गरिने छ । त्यसका लागि आफ्नो गाउँ आफै बनाऔं साझेदारी कोष स्थापना गरिने छ । उक्त कोषमा लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छु,’ मन्त्री ज्वालाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x