×

NMB BANK
NIC ASIA

तिलोत्तमा, १ असार – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा लामो समयदेखि बस्दै आएका वेवारिसे व्यक्तिको उद्दार गरी पालनपोषण र उपचारका लागि भरतपुर पठाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

झण्डै ४ वर्षदेखि मणिग्राम चोकमा बस्दै आएका ती व्यक्तिको संरक्षक पत्ता नलागेसम्म अभिभावकत्व लिने गरी नगरपालिकाले भरतपुर–१० बाइपासरोडस्थित मानवसेवा आश्रम पठाएको हो । स्थानीय वासिन्दाका अनुसार ती व्यक्ति दिनरात मणिग्राम चोकको खुला आकाशमुनि बस्दै आएका थिए । स्थानीय वासिन्दाले दिएको खानेकुराले पेट भर्ने गरेका ती व्यक्ति भिषण पानी, टन्टलापुर घाम वा हुरीबतास चल्दा समेत खुला आकाशमुनि बस्दै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मणिग्राममा सडक विस्तार नहुँदासम्म ती व्यक्ति विद्युत् ट्रान्समिटर मुनि बस्दै आएका थिए । तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार वीपी गौतम र तिलोत्तमा व्यापार संघका द्वितीय उपाध्यक्ष रामचन्द्र पाण्डेको विशेष सक्रियतामा ती व्यक्तिलाई मानवसेवा आश्रम पुर्याइएको हो । व्यापार संघले ती व्यक्तिको उद्दारका लागि २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।


Advertisment
Nabil box
Kumari

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सम्बद्ध संघसंस्था तथा निकायको सहकार्यमा वेवारिसे सडक मानवको उद्दारका लागि नगरपालिकाले आगामी दिनमा पनि पहल गर्ने बताए  । स्थानीय वासिन्दाको समेत सहयोगमा ती व्यक्तिलाई नुवाइ–धुवाई गराएर नयाँ कपडा लगाएर भ्यान रिजर्भ गरी नगर प्रहरी हस्ते भरतपुर पठाइएको नगरपालिकाकी  महिला विकास अधिकृत भगवती अर्यालले जानकारी दिए । ती व्यक्तिको उद्दारप्रति मणिग्रामवासीले खुशी व्यक्त गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘जस्तोसुकै अवस्थामा पनि खुला आकाशमुनि बस्दै आएका ती व्यक्तिको उद्दारले हामीलाई स्थानीय सरकारको अनुभूति गराएको छ,’ स्थानीय बाबुराम पाण्डेले भने, ‘सडकमा अरु मानव पनि होलान । तर, यिनको अवस्था अत्यन्त हृदयविदारक थियो ।’ शहरीकरण तीव्र भइरहँदा तिलोत्तमामा पनि सडक मानवको समस्या देखिन थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x