मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपालले भारतीय नाकाबन्दीको चोट सहिरहेको बेलामा २०७२ सालको चैतमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गरेका थिए । त्यतिबेला आम जनताको अपेक्षा अनुरुप चीन सँग विविध सम्झौता भएपनि त्यसको कार्यान्वयन नहुँदा विश्लेषकहरूले कार्यान्वयन तहमा नेपालको पहुँच साह्रै फितलो हुन पुगेको टिप्पणी गर्न थालेका छन् ।
त्यतिबेला चीन सँग भएको पारवाहन सम्झौता, चिनियाँ रेल सेवालाई नेपाली भूमिसम्म विकास गर्ने सम्झौता, नेपालमा चिनियाँ बैंकले शाखा खोल्न सक्ने गरी भएको सम्झौता, नेपालमा पेट्रोलियम सम्भाव्यता अध्ययनमा चीन ले सहयोग गर्ने सम्झौता, अन्तरदेशीय विद्युत संजाल ग्रीड जोड्ने सम्झौता जस्ता धेरै सम्झौताका चाङ अहिले कागजमा मात्र भेटिन्छन् ।
चीन सँगका पुराना सम्झौताहरू किन कार्यान्वयन भएनन् भन्ने प्रश्नको उत्तर पाउन त्यति सजिलो छैन । नेपालको लागि चीन अप्ठेरोको साथी मात्र बनेको जस्तो देखिएको छ ।
दीर्घकालीन छिमेकी रणनीति तय गर्न नेपाल असफल भएको टिप्पणी हुने गरेको छ । अझै पनि नेपाली राजनीतिक नेताहरूमा भारतलाई देखाउन मात्र चीन कार्ड खेल्ने मानसिकताले डेरा जमाएको छ ।
भारतसँग सम्बन्ध असहज हुँदा चीन प्रति आशक्ति देखाउने र भारतसँगको सम्बन्ध सहज भएपछि चीन सँग गरिएका सम्झौता रद्दीको टोकरीमा फ्याँक्ने प्रवृत्तिले नेपालको कमजोर परराष्ट्र नीतिलाई उदाङ्गो गरिदिएको छ ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा थोरै सम्झौता भएको राम्रो हुन्छ, तर ति सम्झौताहरू प्रष्ट र सजिलै कार्यान्वयनमा जान सक्ने खालका हुनुपर्छ ।’
पुराना सम्झौताको कार्यान्वयन कुन पक्षबाट फितलो भएको जस्तो देखिएको छ त्यसको पहिचान गर्नेतर्फ ध्यान दिनु उपयुक्त हुने परराष्ट्रविद् श्रेष्ठको भनाइ छ ।
ओली पहिलोपटक प्रधानमन्त्रीको रूपमा चीन भ्रमणमा जाँदा पारवाहनका लागि दुईवटा सुख्खा बन्दरगाह र तीनवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता भएको थियो । तर यो दुई वर्षमा नेपालले ति मध्ये कति बन्दरगाह कति प्रतिशत प्रयोग गर्यो भन्ने प्रश्नको उत्तर कसैसँग छैन ।
आकासिएको अन्तर्राष्ट्रिय व्यापार असन्तुलनलाई सन्तुलित मार्गमा ल्याउनको लागि चीन मार्फत तेस्रो देशसँगको व्यापार ‘रामवाण’ हुन सक्थ्यो तर कार्यकारी तहमा भइसकेको सम्झौतालाई कार्यान्वयन गर्नको लागि नेपाली पक्ष उदासिन भएको जस्तो देखिएको छ ।
‘भारत रिसाउला’ भन्ने डरले चीन सँग भएका सम्झौतालाई सम्झौता मै सिमित गर्ने प्रवृत्ति बढेको छ ।
परराष्ट्रविद् श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणमा तीनवटा मुद्दा मुख्यरूपमा उठ्नुपर्ने बताए । उनका अनुसार पहिलो र सबभन्दा ठूलो मुद्दा भनेको ‘कनेक्टिभिटी’ हो । यो सन्दर्भमा अहिले कुनै नयाँ सम्झौता हुनुभन्दा पनि पुरानो सम्झौतालाई कार्यान्वयन गर्नेमा जोड दिनुपर्ने श्रेष्ठको विचार छ ।
नेपालले प्रयोग गर्न पाउने भनिएका चीन का ५ वटा (सुख्खा र सामुद्रिक) बन्दरगाहको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस केन्द्रित गर्न आवश्यक छ ।
श्रेष्ठका अनुसार दोश्रो र अर्को महत्वपूर्ण बुँदा भनेको रसुवा काठमाडौँ रेलमार्गको निर्माण हो । रक्सौल-काठमाडौँ रेलमार्ग बन्ने सहमति भारतसँग भइसकेको अवस्थामा चीन सँग पनि सोहि प्रकारको सम्झौता हुनु अत्यावश्यक छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा उठ्नुपर्ने अर्को महत्वपूर्ण विषय नेपाल-चीन बीचको विद्युतीय ट्रान्समिसन लाइन निर्माण हो । भारतीय लगानीबाहेक अन्य लगानी भएका जलविद्युत कम्पनीबाट उत्पादित बिद्युत भारतले खरिद नगर्ने खालको निर्देशिका भारतीय उर्जामन्त्रालयले केही समय पहिला जारी गरेको थियो ।
भारतीय मिडियाले पनि बारम्बार यहि विषयलाई उछाल्ने गरेका छन् । त्यही कारणले नेपालमा बन्ने ठूला जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने की चिनियाँ कम्पनीलाई दिने भन्ने ठूलो बहस हुने गर्दछ । जलविद्युत कम्पनीमा चिनियाँ कम्पनीको लगानी गर्न र त्यसबाट लाभ लिनको लागि नेपाल र चीन बीच ‘ट्रान्समिसन’लाइन बन्नु एकदमै अत्यावश्यक छ ।
परराष्ट्रविद् श्रेष्ठ अघि थप्छन्, चीन को कुटनीति परिपक्व तर आक्रामक छ । आक्रामक व्यापार कुटनीति भएकाले भारतलाई चीन ले आफ्नो बजार ठान्छ । नेपालको लागि आफ्नो ठूलो बजार गुमाउने पक्षमा भारत कदापि रहन सक्दैन ।
भारत र चीन को बजार अर्थतन्त्रको बीचमा नेपालले खेल्न सक्ने भनेको ‘कनेक्टिभिटी’बाट मात्र हो । उनीहरूबीच हुने व्यापारको महत्वपूर्ण हिस्सा नेपालमार्फत गराउन सक्ने खालको सन्तुलित र प्रभावकारी छिमेकी नीति लिएर नेपाल अघि बढ्नुपर्छ ।
पछिल्लो समयमा चीन -भारतबीचको बारम्बारको द्विपक्षीय उच्चस्तरीय भ्रमणको कारणले उनीहरूको निकटका बढेको जस्तो देखिन्छ । चीन ले भारतसँग हालसालै एक अर्ब डलर बराबरको व्यापार वृद्धि गरेको अवस्था छ । नेपालले चीन सँगको सम्बन्धलाई निरन्तर अद्यावधिक गर्न जरुरी छ ।
यसको लागि पुराना सम्झौताहरूको शीघ्र कार्यान्वयनको कार्यदिशा पेश गर्ने र बिल्कुलै नयाँ भू-राजनीतिक परिस्थितिलाई सम्बोधन हुने गरी चीन सँग नयाँ सम्झौता गर्ने दिशातर्फ प्रधानमन्त्री ओलीको चीन भ्रमण केन्द्रित हुनुपर्छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...