×

NMB BANK
NIC ASIA

१ नम्बर प्रदेशको बजेट : मेट्रो तथा मोनोरेलको सम्भाव्यता अध्ययनदेखि शिक्षण अस्पतालसम्म (पूर्णपाठसहित)

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १ असार–१ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बजेट तथा कार्यक्रम बारेमा जानकारी दिँदै भौतिक पूर्वाधारमा ९ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए । सबैभन्दा कम बजेट युवा तथा खेलकुदमा ४३ करोड रुपैयाँ विनियोजना गरिएको छ । जलस्रोत तथा उर्जामा ७१ करोड विनियोजन गरिएको छ भने पर्यटनमा ८९ करोड विनियोजना गरिएको छ । कृषिलाई बजेटले उपेक्षा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि करिडोरको स्थापना गर्दै कृषिकै माध्यमबाट गरीबी न्यूनिकरण गर्ने योजना अघि सारेको प्रदेश सरकारले कृषिको लागि भने जम्मा ८५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । उद्योग क्षेत्रको लागि १ अर्ब ३० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । औद्योगिक ग्राम, अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र लगायतको विषय औद्योगिक क्षेत्रको लागि समेटिएको छ ।


Advertisment
Nabil box
Kumari

शिक्षा क्षेत्रको लागि १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ । साक्षर प्रदेश, मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय, जनता चिकित्सा शिक्षा कोष, आवासीय विद्यालय निर्माण, महेन्द्र मोरङमा ई–लाइब्रेरी सञ्चालन लगायतका विषय बजेटमा समेटिएका छन् । 

Vianet communication
Laxmi Bank

स्वास्थ्य क्षेत्रको लागि प्रदेश सरकारले १ अर्ब ४४ करोड बजेट छुट्याएको छ । यसको लागि प्रदेश स्तरको ५ सय शैयाको प्रदेश अस्पताल, कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल, मंगलबारे अस्पतालाई ट्रमा सेन्टर अस्पतालको रुपमा शुरू गरिने उल्लेख गरिएको छ । सरकारले सुर्ति तथा मदिरालाई पूर्ण रुपमा नियमन गर्ने जनाएको छ ।

९ अर्ब ५० करोड बजेट भौतिक पूर्वाधारमा छुट्याएको प्रदेश सरकारले नमूना बस्ती, ५ वर्षमा सुकुम्वासी समस्या समाधानको लागि घर निर्माण, वस्ती विकासलाई व्यवस्थापन, मन्त्रालय तथा भवन निर्माण, नयाँ शहर निर्माणको लागि सम्भाव्यताको खोजी गर्दै काम शुरू गरिने, कम्तिमा २ वटा स्मार्ट सिटीको लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

पूर्वपश्चिम राजमार्गको कोशी व्यारेजदेखि राजमार्गको काँकडभिट्टा सडकलाई ६ लेनमा विस्तार कार्य प्रारम्भ, विराटनगर–रानी–किमाथाङका सडकलाइ प्रदेशको गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा विराटनगर–रानी–धरान मेट्रो तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन शुरू गरिने बजेटमा समेटिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x