×

NMB BANK
NIC ASIA

कम्युनिस्ट सरकारले दमन गरेको भन्दै कांग्रेस नेताहरूले दिए यस्तो चेतावनी !

असार २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ असार– नेपाली कांग्रेसको सुर्खेतस्थित पार्टी कार्यालयमा प्रहरी प्रवेश गरेर आफ्ना कार्यकतालाई कुटपिट गरेको भन्दै कांग्रेस नेताहरूले कडा आपत्ति जनाएका छन् । 

Muktinath Bank

पटक–पटक भएको मूल्यवृद्धिका विरुद्धमा उत्रिएका विद्यार्थीहरुलाई सुर्खेतस्थित पार्टी कार्यालयमा प्रवेश गरी प्रहरीले कुटपिट गरेकोप्रति कांग्रेसका १४ जना केन्द्रीय सदस्यहरुले कडा आपत्ति जनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी कार्यालयमा प्रवेश गरी कुटपिट, आक्रमण, धरपकड र पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको वरखिलाप मात्र नभएर दण्दहिनताको पराकाष्ठा भएको भएको उनीहरूको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

कांग्रेसका केन्द्रीय सदस्यहरू नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले संयुक्त विज्ञप्तीमा जारी गर्दै कम्युनिस्ट सरकारको पालामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा मात्र होइन सरकारले आगामी दिनमा चाल्ने कदमप्रति पनि गम्भीर आशंका पैदा गरेको जनाएका छन् ।

Vianet communication
Laxmi Bank

विज्ञप्तीमा लेखिएको छ, “आम जनसरोकारका विषयलाई शान्तिपूर्ण आन्दोलन मार्फत प्रस्तुत गर्ने र सरकारलाई दवाव दिने माध्यम भनेकै ‘जुलुस प्रदर्शन’ लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने पहिलो माध्यम र अंग पनि हो । पञ्चायतकालीन कालरात्रीमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै प्रहरी प्रवेश गर्ने र आक्रमण गर्ने घटना भएका थिएनन् ।”

विज्ञप्तीमा घटनामा संलग्नलाई कारवाही गर्न र सरकारको तर्फबाट क्षमा याचना गर्न माग गरिएको छ । सरकारका यस्ता खालका अमानवीय र दमनपूर्ण रवैया रहीरहे विद्यार्थीहरुले जारी राखेको शान्तिपूर्ण प्रदर्शन गाउँ देखि सहर हुँदै सिंहदरवारसम्म पुग्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x