×

NMB BANK
NIC ASIA

दीपिकाले किन खेल्न मानिनन् सलमानका फिल्म- सुल्तान बजरंगी भाइजान र धुम थ्री ?

असार २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दीपिका पादुकोण चर्चित भारतीय अभिनेत्री हुन् । सन् २००७ मा बनेको शाहरुख खानको ओम शान्ति ओमबाट हिरोइन बनेकी दीपिकाले त्यसपछि ये जवानी है दिवानी, ककटेल, चेन्नई एक्सप्रेस, रामलीला, ह्याप्पी न्यु इयर, पिकु, तमासा, बाजिराव मस्तानीलगायतका थुप्रै हिट फिल्म दिएकी छिन् । दीपिकाले यीबाहेक केही फिल्म ‘रिजेक्ट’ गरेकी थिइन्, जुन फिल्ममा उनको हिरो बलिउडका तीन खान आमिर, सलमान र शाहरुख थिए । कतिपय हिरोइन तीन खानसँग अभिनय गर्न पाउनुलाई आफ्नो अहोभाग्य ठान्छन् । तर, उनले भने फिल्म नै छाडेकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

१. जिरो 
हालै शाहरुख खानको फिल्म जिरोको आनन्द एल पल निर्देशक रहेको फिल्ममा अनुष्का शर्मा र क्याट्रिना कैफ मुख्य हिरोइनमा छन् । खबर अनुसार अनुष्का र क्याट्रिनाभन्दा पहिला जिरोको हिरोइनका लागि दीपिकालाई अफर गरिएको थियो । पद्मावतीको सुटिङ सेड्युलका कारण दीपिकाले जिरो स्विकार्न सकिनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. सुल्तान
सन् २०१६ को हिट फिल्म सुल्तानको हिरोइनका लागि सुरुमा दीपिकालाई अफर गरिएको थियो । भारतीय मिडियाका अनुसार दीपिका पाँचौँपटकको अफरमा पनि सुल्तान खेल्न राजी भइनन् । त्यसपछि सलमानको जोडीका रूपमा अनुष्का शर्मालाई लिइएको हो । सुल्तान खेल्न दीपिकाले किन मानिनन्, त्यो रहस्य भने खुलेको छैन ।


Advertisment
Nabil box
Kumari

३. धुम ३
क्याट्रिना कैफभन्दा पहिला धुम ३ बाट दीपिकालाई अफर गएको थियो । आमिर खान, अभिषेक बच्चनलगायतले अभिनय गरेको फिल्म व्यस्त सेड्युलका कारण दीपिकाले स्विकार्न नसकेको बताइन्छ । आमिरसँग फिल्म खेल्ने चाहना भए पनि दीपिकाले समय मिलाउन नसक्नाले धुम ३ छाड्नुपरेको हो ।

Vianet communication
Laxmi Bank

४. जब तब है जान 
यश चोपडा निर्देशित अन्तिम फिल्म जब तक है जानको हिरोइनका लागि क्याट्रिना कैफभन्दा अघि दीपिकालाई अफर गएको थियो । दीपिकाले जब तक है जानमा मिरा थापरको भूमिका निर्वाह गर्न अस्वीकार गरिन् । शाहरुख खान मुख्य भूमिकामा रहेको सो फिल्म अस्वीकार गरेकोमा दीपिकाले वेलामौकामा थकथकी जाहेर गर्ने गरेकी छिन् ।

५. बजरंगी भाइजान
दीपिकाले ‘रिजेक्ट’ गरेको अर्का सुपरहिट फिल्म हो– बजरंगी भाइजान । सलमान खानका साथ करिना कपुर मुख्य भूमिकामा रहेको बजरंगी भाइजानको हिरोइनका लागि करिनाभन्दा अघि दीपिकालाई अफर गरिएको थियो । दीपिकाले कुनै खास कारण नदेखाई यो फिल्म अस्वीकार गरेकी थिइन् । तर, पछि फिल्म हिट भएपछि दीपिकाले थकथकी मानेको मिडियाले उल्लेख गर्ने गरेका छन् ।

६. जय हो 
सन् २०१४ मा रिलिज भएको जय हो फिल्ममा सलमान खानका साथ डेजी शाहले अभिनय गरेकी छिन् । डेजीभन्दा पहिला जय हो को हिरोइनका लागि दीपिकालाई अफर गरिएको थियो । तर, उनीसँग निर्माताको कुरा नमिलेकाले सलमानको सिफारिसमा डेजी हिरोइन भएकी हुन् ।

७. किक
सलमान खानको अर्काे सफल फिल्म किकमा पनि दीपिकालाई हिरोइन लिने प्रयास गरिएको थियो । तर, यो फिल्ममा सलमानका साथमा ज्याक्लिन फर्नान्डिस देखिइन् । ज्याक्लिनभन्दा अघि दीपिकालाई अफर गरिएको भए पनि उनी शाहरुख खानका साथ ह्याप्पी न्यु इयरको सुटिङमा व्यस्त भएकाले किक छाड्नुपरेको थियो ।

८. प्रेम रतन धन पायो
सन् २०१५ मा रिलिज भएको सलमान खान स्टारर प्रेम रतन धन पायोमा सोनम कपुर हिरोइन छिन् । खासमा सोनमभन्दा अघि हिरोइनका लागि दीपिकालाई अफर गरिएको थियो । दीपिकाले समय मिलाउन नसक्ने बताएकी थिइन् ।

९. रोय
रणवीर कपुरका साथमा दीपिकाले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । खासगरी ए जवानी दिवानीको सफलतापछि निर्माता, निर्देशकले रणवीरका साथ दीपिकालाई लिन चाहन्थे । तर, दीपिकाले रोयमा अभिनय गर्न मानिनन् । त्यसकारण निर्माताले रोयमा ज्याक्लिन फर्नान्डिसलाई हिरोइन लिए । फिल्म सुपरफ्लप भयो । दीपिकाले रोय किन अस्वीकार गरिन्, त्यो भने खुल्न सकेन।

१०. फास्ट एन्ड फ्युरियस ७
हलिउड फिल्म फास्ट एन्ड फ्युरियस– ७ का लागि दीपिकालाई अफर आएको थियो । तर, त्यतिवेला उनी रणवीर सिंहका साथ गोलियोंका रासलीला रामलीलाको सुटिङमा व्यस्त थिइन् । त्यसैले भिन डिजेलका साथ फिल्म खेल्ने अवसर अस्वीकार गरिन् । तर, पछि उनी भिन डिजेलकै साथमा ट्रिपल एक्स–द रिटर्न अफ जेन्डर केजमा देखा परिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x