×

NMB BANK
NIC ASIA

हिमचितुवा सम्मेलनमा नेपालको प्रस्तावः संरक्षणको जिम्मा युवालाई दिऔं

असार २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ असार– नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ । 

Muktinath Bank

किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरण मन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री शक्ति बस्नेतले स्थानीयको सहभागिताबिना हिमचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमचितुवा संरक्षणमा स्थानीय युवाहरुको सहभागिता वृद्धिलाई नेपालले प्राथमिकतामा राखेको जानकारी गराउँदै मन्त्री बस्नेतले एक वर्षअघि काठमाण्डौंमा बसेको बैठकको निर्णयअनुसार हिमचितुवा संरक्षण र अध्यययन÷अनुसन्धानको कामलाई कार्यान्वयनको सिलसिलामा कञ्चनजंगा संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापनाको काम भइरहेको तथा अन्नपूर्ण र शे–फोक्सुण्डो क्षेत्रमा त्यस्तै प्रकारका अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको बताए । 


Advertisment
Nabil box
Kumari

मन्त्री बस्नेतले हिमचितुवा संरक्षण कार्यलाई जडिबुटी तथा पर्यापर्यटनजस्ता कार्यक्रमसँग जोड्नुपर्ने स्पष्ट गरे । त्यस कार्यमा स्गानीय समुदाय र नीजि क्षेत्रका अतिरिक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्था समेतसँग सहकार्य गरिनुपर्ने विचार व्यक्त गरे । 

Vianet communication
Laxmi Bank

बिहीबारदेखि दुई दिनसम्म चलेको बैठकले जारी गरेको घोषणापत्रमा विश्वभर रहेका हिम चितुवाको संख्या गणनाका लागि सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गरिने उल्लेख छ । 

त्यसका लागि सबै सदस्य मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गरिने बताइएको छ । यस्तै घोषणापत्रमा हिम चितुवा तथा ठूला बिराला प्रजातिको अवैध निकासी पैठारी, तिनीहरुको शिकार तथा तिनका अंगहरुको अवैध व्यापार, बजारको अवैध माग तथा वन्यजन्तुविरुद्धका सबै खाले गतिविधि समेत कडाइका साथ रोक्ने बैठकको निर्णयमा छ । त्यसका लागि सबै सदस्य मुलुकले आ–आफ्ना विद्यमान कानूनमा आवश्यक परिमार्जन गरी कठोर व्यवस्था गरिने घोषणापत्रमा लेखिएको छ । ‘हामी सबै साझा रुपमा हिमचितुवा तथा ठूला प्रजातिका बिरालाको शिकार , व्यापार तथा बजारको अवैध माग रोक्नका आफ्नो देशको कानूनमा परिमार्जन र कडाई गर्ने छौं’, घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा हिमचितुवाको गैरकानूनी ओसारपार र शिकारबारे सूचना आदान÷प्रदानका लागि एक अर्का मुलुक मिलेर काम गर्ने पनि उल्लेख छ । 

यस्तै हिमचितुवा संरक्षणमा पु¥याएको योगदानका लागि संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनडिपी), हिम चितुवा कोषसहितसबै अन्तर्राष्ट्रिय समुदायप्रति बैठकले कृतज्ञता प्रकट गरेको छ । बैठकको अध्यक्षता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभएको थियो । बैठकमा हिमचितुवा पाइने देशहरु नेपालसहित भारत, चीन, रुस, अफगानिस्तान, भुटान, काजकिस्तान, किर्गिस्तान, मगोंलिया, पाकिस्तान, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता थियो । नेपालको पूर्वमा कञ्जनजंघा संरक्षण क्षेत्रदेखि पश्चिममा अपि नम्पासम्म  हाल हिमचितुवाको संख्या करिब पाँच सय रहेको अनुमानित तथ्यांक छ । यस्तै विश्वमा यसको संख्या ४ हजार पाँच यसयदेखि ६ हजार पाँच सयसम्म रहेको अनुमान गरिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x