×

NMB BANK
NIC ASIA

सेनाको खतरनाक हर्कत : ८ करोड बजेट लुकाएर असारमा ताल मर्मत !

असार २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २ असार – नेपाली सेनाको कालीरक्षा गण बडैपुरले असार शुरू भएपछि बल्ल तालको मर्मतसम्भार शुरू गरेको छ ।

Muktinath Bank

कैलालीको कैलारी गाउँपालिका–९ स्थित कोइलही तालको दोस्रो चरण अन्तर्गत सेनाले असार लागेपछि मात्रै मर्मत सम्भारको काम शुरू गरेको हो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको ताल तलैया एवं सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत गत वर्षदेखि तालको स्तरोन्नति तथा ताल क्षेत्रमा भौतिक संरचना निर्माणको काम सेनाले गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष १ करोड बराबरको विभिन्न संरचना निर्माण गरेको सेनाले चालू आर्थिक वर्षमा बजेटबारे कसैलाई जानकारी नदिई काम थालेको छ । यहाँसम्मकी के–के संरचना निर्माण हुनेबारे स्थानीयलाई समेत एकिन जानकारी दिइएको छैन । बजेट र निर्माण हुने संरचनाबारे लोकान्त्तर डटकमले बुझ्न खोज्दा कालीरक्षा दलका कर्नेल सुरेश थापाले सेनाको संगठनिक संरचनालाई देखाउँदै बजेट र निर्माण हुने संरचनाबारे जानकारी दिन मानेनन् ।


Advertisment
Nabil box
Kumari

‘बजेटबारे हामीभित्र जो कोहीले भन्न मिल्दैन । कि त राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई नै बजेट र निर्माण हुने संरचनाबारे बुझ्नुपर्यो,’ कर्नेल थापाले भने । चालू आर्थिक वर्षमा असार लागेपछि काम शुरू भएपछि र बजेटबारे स्पष्ट जानकारी नदिँदा स्थानीयहरू पनि सशकित भएका छन् ।

Vianet communication
Laxmi Bank

‘के–के निर्माण हुँदैछ ? यकिन जानकारी दिइएको छैन । असारमा गरेको कामको गुणस्तर कस्तो होला ? बुझ्नै सकेका छैनौ,’ स्थानीय कोइलही ताल संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष सिहिलाल चौधरीले भने, ‘पानी गेट, सानो पुल, बगैचा, पिकनिक स्पट बनाउने कुरा मात्रै सुनेको छु ।’

गत वर्ष प्रशंसनीय काम

गत वर्ष सेनाले सो तालको सरसफाईसँगै विभिन्न संरचना निर्माण गरेर स्थानीयको मन जितेको थियो । तर, चालू आर्थिक वर्षमा भने सेनाको कार्यशैलीप्रति स्थानीय जनता असन्तुष्ट बनेका हुन् ।

गत वर्ष पुरिन थालेको उक्त प्राकृतिक तालको माटो निकाल्ने, परिपरि ड्याम निर्माण गर्ने, पिकनिक स्पट, आरामदायी घर, बगैंचा, पार्क निर्माण गरेको छ । ताल क्षेत्रमा पर्यटकको सुविधालाई मध्यनजर गरी २ वटा पिकनिक घर, खाना पकाउने तथा मासु पोल्ने भाँडो, शौचालय, ताल वरिपरी ग्राबेल बाटो समेत निर्माण गरेको हो ।

साथै, ७२ हेक्टरमा फैलिएको तालको शैयर गर्न ४ वटा डुंगाको व्यवस्था गरेको थियो भने दृष्यावलोकनको लागि ३० फिट अग्लो भ्यू टावर निर्माण गरेको थियो । वरिपरि ११ वटा सिमेन्टे कुर्सीसहित छाताको टेन्ट तथा प्रतिक्षालय, काठे पुल, बालबालिकालाई लक्षित गरी ‘चिल्ड्रेन पार्क’ पनि निर्माण गरेको थियो ।

ताल धनगढीदेखि करीब ४७ किलोमिटर र पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुर बजारदेखि दक्षिण ७ किलोमिटरको दुरीमा अवस्थित छ ।

४ ताललाई ८ करोड, फ्रिज जाने सम्भावना

असार शुरू भएपछि काम थालेको सेनाले बजेट र निर्माण हुने संरचनाबारे सूचना उपलब्ध नगराएपछि लोकान्तरले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई सम्पर्क गरेको थियो । समितिका सदस्य विदुर भारतीले तलैया एंव सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत देशभरका ४ तालको स्तरोन्नति तथा मर्मत सम्भारको काम चालू आर्थिक वर्षमा भइरहेको जानकारी दिए । 

कार्यक्रम अन्तर्गत कैलालीको कोइलही ताल, बर्दियाको बढैया ताल, रुपन्देहीको गजेरी ताल र सिराहाको कमल दहमा काम भइरहेको जानकारी दिए । ४ वटै तालको लागि ८ करोड रुपैयाँ बजेट विनियोजन भएको बताउँदै उनले सबै तालमा असारदेखि नै काम शुरू भएको पनि उल्लेख गरे । उनको अनुसार १ ताललाई १ करोड ७६ लाख बजेट हुन आउँछ ।

तर, आर्थिक वर्ष सकिन धेरै दिन बाँकी नहुँदा बजेट उत्तिकै फ्रिज जाने सम्भावना बढेको समितिका सदस्य भारती बताउँछन् । वर्षात्को समयमा काम हुने हुँदा कामको गुणस्तरप्रति अहिले नै स्थानीयहरू आशंका गर्न थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x